close

अब निकासी पैठारीको अनुमति पनि अनलाइनमै

टेकपाना टेकपाना

फागुन १२, २०७७ १०:३५

अब निकासी पैठारीको अनुमति पनि अनलाइनमै

काठमाडौं । अब निकासी पैठारी सम्बन्धि व्यपारिक कार्यको अनुमति अनलाइनबाटै लिन सकिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सेवाप्रवाहलाई आधुनिकीकरण गर्दै जाने सन्दर्भमा साझेदारी फर्म र व्यापारमुलक कम्पनीलाई समेत अनलाइन सेवा दिने भएको हो ।

विभागले यस अघि देखि नै प्राइभेट फर्म नियमनको कार्य अनलाइनबाट गर्दै आएको छ । यससँगै स्थानीय व्यापार उद्देश्य बाहेकका साझेदारी फर्म तथा कम्पनी (प्रा.लि.) को व्यापार इजाजतपत्र नवीकरण, संसोधन, खारेजी, लगायतका सम्पूर्ण कार्य अनलाइनबाटै हुन थालेका छन् ।

आइतबारदेखि नै सञ्चालनमा आएको यो सेवा लिनका लागि विभागको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा आवश्यक कागजात अपलोड गर्नुपर्नेछ । अनलाइन निवेदन स्वीकृत भइसकेपछि विभागमा पेश गर्नुपर्ने कागजातको हकमा प्रमाणीत गरी पेश गर्नुपर्ने विभागले जनाएको छ ।

अनलाइन सेवा लिनका लागि फर्म तथा कम्पनीहरुले प्रबन्धपत्रको उद्देश्य, शेयर लगत, पूँजी संरचना, कम्पनी दर्ताको प्रमाणपत्र, प्यान तथा भ्याट दर्ता प्रमाणपत्रको स्क्यान कपी अपलोड गर्नुपर्नेछ ।

साथै शेयर अध्यावधिक र शेयर लगत (कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणीत), एकभन्दा बढी सञ्चालक भएको हकमा सञ्चालक समितिको निर्णय, गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र समेत त्यससँगै पेश गर्नुपर्नेछ । कार्यालयमा दर्ताका लागि उपस्थित हुँदा सम्बन्धित कागजात सक्कल प्रति अनिवार्य रुपमा साथमा लिई व्यक्ति स्वयम्‌ उपस्थित हुनुपर्ने विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१