close

डेटिङ एप प्रयोग गरेर जेलबाटै अर्को अपराध

टेकपाना टेकपाना

फागुन १२, २०७७ १४:३९

डेटिङ एप प्रयोग गरेर जेलबाटै अर्को अपराध

काठमाडौं । २० वर्षीय जेम्मी महिलाहरुलाई स्क्याम गरेर पैसा कमाउँछन् । विशेषगरी त्यस्ता महिला जो उनीभन्दा धेरै उमेरका छन् र प्रेमको खोजीमा छन् । 

यस्तो स्क्याम उनी तब गर्थे, जब उनी छुट्टै अपराधका लागि जेलमा थिए । त्यहाँ आफूले लुकाएर राखेको मोबाइल फोनबाट उनी यस्तो गतिविधि गर्थे । 

उनी हालै जेलबाट मुक्त भए र बीबीसीको एक कार्यक्रममा उनले आफ्नो स्क्याम अपराधको अनुभव सुनाएका हुन् ।

जेम्मीले अब उप्रान्त यस्तो किसिमको ठगी र जालसाँझी नगर्ने बताउँदै आफूलाई सुधार गर्न उनी आफ्न आपराधिक तौरतरिका अरुसँग शेयर गरेर यसबारे सचेत पार्न चाहन्छन् । 

कसरी काम गर्थ्यो जेम्मीको आइडियाले 

‘केही उपाय नलागेपछि मैले अपनाएको यो अन्तिम उपाय थियो, यो कति सजिलो थियो भन्ने कुराको मैले भेउ पाएको थिएँ,’ जेम्मी भन्छन् ।

उनले एकजना महिला एक्लैबाट १० हजार यूरो उठाइसकेका छन्, जसले उनलाई प्रत्येक हप्ता सयदेखि दुई सय यूरोसम्म पठाउने गर्थिन् । 

उनी भन्छन्, ‘मैले उनको नाम अहिले बिर्सिएँ, त्यसलाई म सम्बन्धको रुपमा हेर्दिनँ । त्यो मेरो काम थियो ।’

उनको स्क्यामबाट शिकार भएका पीडितहरुले रिपोर्ट गरेपछि जेम्मीको अकाउन्ट पनि ब्लक भयो । तर त्यस्तो किसिमको ठगी र जालसाँजीका लागि उनलाई कुनै कारावाही भएन । 

उनी भन्छन्, ‘डेटिङ एप प्रयोग गर्ने मान्छेहरुले आफूभन्दा कम उमेरका राम्रा देखिने मान्छेहरुले भेट हुनुअघि पैसा माग्छन् भने त्यस्तो बेला विचार गर्नुपर्छ ।’

जेम्मी त्यस्ता महिलाहरुलाई आफ्नो शिकार बनाउँथे विशेषगरी, जो एक्लो देखिन्थे र एपबाट अरुको ध्यानाकर्षण गर्न चाहन्थे । उनको सिद्धान्त अनुसार त्यस्ता मानिसहरु सम्बन्धलाई बचाइराख्न जे पनि गर्न तयार हुन्छन् । 

उनी आफ्नो वास्तविक तस्वीरहरु नै उक्त सञ्जालमा प्रयोग गर्दथे, जसले ती पीडिताहरुलाई लोभ्याउँथ्यो । ‘म विशेषगरी धेरै उमेर भएका महिलाहरुलाई पछ्याउँथे र उनीहरुको आशक्ति हेर्थें,’ उनी भन्छन् ।

‘म खुशी मात्र चाहन्छु भन्ने किसिमका कीवर्डहरु ती महिलाहरुले लेख्ने गर्थे, जसको अगाडि सुरुमा म एकदमै शान्त भएर प्रस्तुत हुन्थेँ र यदि उनीहरु मसँग कुरा गर्न थाले भने उनीहरु मेरो तस्वीरबाट मप्रति आकर्षित भए भनेर थाहा पाउँथे ।’

त्यहीँबाट जेम्मी आफ्नो पुरा खेलको सुरुवात गर्दथे । त्यसपछि उनी ती महिलाहरुलाई सपना बेच्न थाल्थे, जस्तो, ‘म तिमीसँग मिली बच्चा जन्माउन चाहन्छु ।’

‘ती महिलाहरु मसँग प्रेममा परेको छन् भनेर आफू सुनिश्चित नभएसम्म उनीहरुले सुन्न मन पराउने सबै कुरा म उनीहरुलाई भन्थे ।’

ती महिलाहरु जबसम्म आफूसँग भावनात्मकरुपमा गाढारुपमा जोडिन्न थिए, तबसम्म जेम्मी  उनीहरुलाई आफू जेलमा भएको कुरा भन्दैन थिए । उनका अनुसार उनी ती महिलालाई आफ्नो वास्तविकता सुनाउन एक महिला अगाडि जस्तो खुब म्यासेज गर्दथे, ताकि उनीहरु आफूप्रति कोमल बन्न सकुन् । 

जब उनी जेलमा रहेको कुरा खुलाउँथे, तब कारणलाई लुकाउँथे । हिंसात्मक अपराधलाई लुकाएर ड्राइभिङ अफेन्सका कारण जेलमा परेको बताउँथे । 

‘उनी सुन्दर थिए’

२०२० मा मात्र बेलायतमा रोम्यान्स ठगीका सात करिब ७ हजार रिपोर्टहरु दर्ता भए । 

गत वर्ष यस्तै प्रकृतिका ठगीबाट पीडितहरुले ७ करोड यूरो पैसा गुमाए । बेलायत फाइनान्सकाे ट्रेड असोसिसएन अनुसार महामारीकै समयमा पनि रोम्यान्स ठगीसँग सम्बन्धित बैंकिङ कारोबार २० प्रतिशतले बढेको थियो । 

५९ वर्षिया विधुवा महिला डी पोग्सनले डेटिङ एपमै भेटेका एक व्यक्तिलाई आफ्नो जीवनभरको कमाइ ४० हजार यूरो सुम्पिन पुगिन् । तर पछि त्यो मात्र एउटा अनलाइन स्क्याम रहेको थाहा पाइन् । वास्तवमा उनी प्रेममा परेका व्यक्तिको त कुनै भौतिक अस्तित्व नै रहेन रहेछ भनेर अन्तिममा थाहा पाइन् । 

डी पोग्सनलाई ठगी गर्ने व्यक्तिले त तीन अलग अलग छद्मभेष धारण गरी अनलाइनबाट दक्षिणी इङल्याण्डका अन्य धेरै कमजोर महिलालाई शिकार बनाइसकेका रहेछन् । 

‘प्रविधिसँग म एकदम अभ्यस्त थिएँ । मेरो दिमागमा म कहिल्यै पनि कसैसँग ठगिन्न भनेर पूर्ण विश्वास थियो’ उनी भन्छिन् । 

उनी अगाडि भन्छिन्, ‘तर केभिन मेर जीवनमा आए । उनी एकदमै सुन्दर थिए र मप्रति पनि रुचि राख्दथे ।’ सुरुमा त डी पोग्सनले केभिनको ५ सय को भेट बिल तिरिदिए तर त्यो केभिनमाथिको त्यो खर्च बिस्तारी बढ्दै थियो । 

‘जब म पूर्णरुपमा कंगाल भएँ। तब उनी मलाई जे पायो त्यही भन्न थाले । मेरो फोन कल पनि उठाउन छाडे ।’ 

‘म एकाएक सशंकित भए र प्रहरीकहाँ पुगेँ,’ उनी भन्छिन् । 

यसका लागि उनी आफूलाई सधै मुर्ख र दोषी ठान्छिन् । 

बेलायतका वित्तीय ठगी निरिक्षक अधिकारी पीसी बर्नाडेट लौरीका अनुसार गत वर्ष लकडाउनको समयमा अधिकांश मानिसहरु आफूलाई एक्लो महसुस गरिरहँदा यस्ता घटनाहरुको रिपोर्ट दर उच्च थियो । 

स्पामलाई कसरी पहिचान गर्ने त ?

यदि कसैले तपाईंको पार्टनर भनेर तपाईंलाई ठगी गर्न खोज्दैछ भने उसभित्र यस्ता किसिमका केही संकेतहरु देख्न सकिन्छ, जुन एकदमै शंकास्पद हुन सक्छन् ।

१. उनीहरुले तपाईंबारे धेरै व्यक्तिगत कुराहरु सोध्छन्, तर आफूबारे बताउन खासै उत्सुक हुँदैनन् । 

२. तपाईंबाट मद्दत लिन केही कारण बनाउँछन् । तपाईंसँगको भावनात्मक निकटताको प्रयोग गर्छन् । 

३. तपाईंहरुको बीचको सम्बन्धको सुमधुरता र निरन्तरता तपाईंले उसमाथि गरेको खर्चमा निर्भर हुन थाल्छ । 

४. उनीहरुको तस्वीर निकै आकर्षक, व्यवसायिक देखिन सक्छ । जुन अन्य ठाउँबाट पनि चोरी भएको हुनसक्छ । 

यदि पोस्ट भएका तस्वीरमा तपाईलाई शंका लाग्छ भने गुगल इमेज, बिङ भिजुअल सर्च तथा टिन आइ जस्ता सेवाबाट तपाईले रिभर्स इमेज सर्च गर्न सक्नुहुन्छ । 

गत वर्ष बेलायतमा मात्र डेटिङ एपबाट भएका अपराध रिपोर्ट २४ प्रतिशतले बढेर ९०३ पुगेको थियो ।

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१