close

यस्तो छ मंगल ग्रहमा नासाको यान अवतरण हुँदा खिचिएको हाइ क्वालिटी भिडियो

टेकपाना टेकपाना

फागुन १३, २०७७ ११:४

यस्तो छ मंगल ग्रहमा नासाको यान अवतरण हुँदा खिचिएको हाइ क्वालिटी भिडियो

काठमाडौं । गत फेब्रुअरी १८ मा अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक प्रिजर्भेरेन्स रोभरलाई मंगल ग्रहको सतहमा अवतरण गरायो । यसैबीच नासाले मंगल ग्रहमा सोही यान अवतरणको पहिलो हाई क्वालिटीको भिडियो सार्वजनिक गरेको छ ।

तीन मिनेटको उक्त भिडियोमा एउटा सुन्तला र सेतो रङ्ग मिसिएको ठूलो प्यारासट विस्तारै खोलिन्छ र रकेट इन्जिनले रोभरलाई मंगलको सतहमा जति तल झार्दै जान्छ, त्यति नै त्यहाँको रातो धुलो सतहबाट उडेर सरेको देखिन्छ ।

साथै नासाले यान प्रक्षेपणको अडियो क्लिप पनि सार्वजनिक गरेको छ । अडियो क्लिपमा प्रोबले रेकर्ड गरेको हावाको आवाज सुन्न सकिन्छ ।

नासाले सार्वजनिक गरेको भिडियो फुटेज एकदमै सफा र राम्रो गुणस्तरको छ । उक्त यानगत बिहीबार मंगल ग्रहको जजेरो खाडल नजिक रहेको प्राचिन डेल्टा नदी नजिक अवरतण भएको थियो ।

त्यस क्षेत्रमा प्राचिन सुक्ष्म जीवहरुको संकेत खोज्न त्यहाँ रोभरलाई प्रक्षेपण गरिएको थियो । अवतरण टिमका इन्चार्ज एआइ चेनले अवतरण गर्दा खिचिएकाे भिडियो तथा तस्वीरहरु आफ्नो सपनाको वस्तु भएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४