close

के हो मोबाइल नम्बर पोर्टेबिलिटी ? सरल रूपमा यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

फागुन १३, २०७७ १६:०

के हो मोबाइल नम्बर पोर्टेबिलिटी ? सरल रूपमा यसरी बुझ्नुहोस्

काठमाडौं । नेपालमा मोबाइल नम्बर पोर्टेबिलिटीको चर्चा चल्न थालेको लामो समय भयो । अन्य देशमा भने यस्तो सेवा धेरै अघिदेखि प्रयोगमा आइसकेको छ । तर नेपालमा यो कस्तो सेवा हो भन्ने कुराको जानकारी समेत धेरैमा छैन । आज हामी मोबाइल नम्बर पोर्टेबिलिटीबारे तपाईंलाई सजिलाे गरी बुझाउँदै छाैं ।

अहिले नेपालमा ३ वटा मोबाइल सेवाप्रदायक सञ्चालनमा छन् । हामीले सेवाप्रदायक अनुसार फरक फरक नम्बर प्रयोग गरिरहेका छौं ।

उदाहरणका लागि एनसेलको सेवा लिन एनसेलकै सिम र नम्बर तथा टेलिकमको सेवा लिन टेलिकमकै सिम र नम्बर प्रयोग गर्नुपर्ने बाध्यता छ ।

मोबाइल नम्बर पोर्टेबिलिटीको सुविधा भएको खण्डमा भने प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको नम्बरमै अर्को सेवाप्रदायकको सेवा लिन सक्छन् ।

यसको अर्थ आफ्नो पुरानै नम्बरमा अनुकूलता अनुसार सेवाप्रदायक परिवर्तन गर्न सकिन्छ । यसको उपयोगिता के हुन्छ भने यदि तपाईंले लामो समयदेखि एउटा टेलिकम कम्पनीको मोबाइल नम्बर प्रयोग गर्दै आउनुभएको छ ।

तर तपाईं उक्त कम्पनीको सेवाप्रति सन्तुष्ट हुनुहुन्न र आफूले चलाइरहेकै नम्बरमा अर्को कम्पनीको सेवा लिन चाहनुहुन्छ । यस्तोमा मोबाइल नम्बर पोर्टेबिलिटीले तपाईंको समस्या समाधान गर्दछ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हाल मोबाइल नम्बर पोर्टेबिलिटी सेवा सञ्चालनमा ल्याउन आवश्यक तयारी सुरु गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४