close

साओमीको बहुप्रतिक्षित रेड्मी के४० सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

फागुन १४, २०७७ १४:९

साओमीको बहुप्रतिक्षित रेड्मी के४० सिरिज सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमीले रेड्मी के सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन रेड्मी के४० सार्वजनिक गरेको छ । चीनमा आयोजना भइरहेको मोबाइल वर्ल्ड कंग्रेस २०२१ को अवसरमा कम्पनीले नयाँ लाइनप बजारमा ल्याएकाे हाे ।

याे सिरिज अन्तर्गत के४०, के४० प्रो र के४० प्रो प्लस गरी तीन भेरियन्ट उपलब्ध भएकाे छ । कम्पनीले याे सिरिजमा उत्कृष्ट कार्यक्षमता रहेकाे दाबी गरेकाे छ ।

के४० (बेसिक भर्सन) मिड रेन्जको फोन हो । जसको बजार मूल्य ३ सय १० डलर रहेको छ । त्यस्तै प्रो र प्लस भर्सन कम्पनीको हाई–इन्ड फोनको रुपमा आएको छ । जसमा स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ । त्यस्तै के४० बेसिक भर्सनमा स्न्यापड्रागन ८७० चिपसेट प्रयोग गरिएको छ ।

Redmi K40, Redmi K40 Pro, Redmi K40 Pro+ With Triple Rear Cameras, 120Hz  AMOLED Display Launched: Price, Specifications | Technology News

एन्ड्रोइड ११ मा आधारित फोनमा ६.७ इन्चको १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ । त्यमध्ये रेड्मी के४० मा फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा सोनीको ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

त्यस्तै ८ मेगा पिक्सेलको अल्ट्रा वाइड र ५ मेगा पिक्सेलको टेलिफोटो लेन्स रहेको छ । जसमार्फत फोरके भिडियो खिच्न सकिन्छ ।

त्यस्तै रेड्मी के४० प्रो र रेडमी के४० प्रो प्लसमा क्रमश: ६४ र १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सेटअप रहेको छ ।

दुवैमा ८ मेगा पिक्सेलको अल्ट्रा वाइड र ५ मेगा पिक्सेलको टेलिफोटो लेन्स रहेको छ । फोनमा २० मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

Redmi K40, K40 Pro: Expected Specs, Features, and Price ahead of launch -  Gizmochina

के४० सिरिजका फोनमा ४५२० एमएएचको ब्याट्री छ । भने, फास्ट चार्जिङका लागि ३३ वाटको चार्जिङ सर्पोट उपलब्ध रहेको छ ।

उक्त फोनमध्ये रेड्मी के४० स्मार्टफाेन ६, ८ र १२ जीबी गरी तिन फकर र्‍याम भेरियन्टमा आएको फोनमा १२८ र २५६ जीबी रोम रहेको छ ।

भने, रेडमी के४० प्रो ६ जीब र ८ जीबी र्‍याम र १२८ र २५६ जिबी रोम भेरियन्टमा आएको छ । त्यस्तै रेडमी के ४० प्रो प्लस १२ जिबी र्‍याम र २५६ जीबीमा मात्रै उपलब्ध भएको छ । यसका साथै रेड्मीले उक्त फोनको खरिदमा विभिन्न गेमिङ एक्सेसरिज समेत उपलब्ध गराउने छ ।

त्यमध्ये रेड्मी के४० को चिनियाँ बजार मूल्य १९९९ यूआनबाट सुरु भएर २६९९ यूआनसम्म रहेको छ । यसको अर्थ उक्त फोनको नेपाली बजार मूल्य ४५ हजारबाट सुरु भएर ६० हजारसम्म पर्नेछ ।

भने, रेडमी के४० प्रो र रेडमी के४० प्रो प्लस ५५ हजारदेखि ७० हजार नेपाली मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४