close

अब सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पनि बीई कम्प्युटर पढाई हुने

टेकपाना टेकपाना

फागुन १८, २०७७ ९:२

अब सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पनि बीई कम्प्युटर पढाई हुने

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयलाई सरकारले बीई कम्प्युटर कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । ११ फागुनको मन्त्री परिषदले सुदूरपश्चिम विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गत उक्त कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।

आइतबार सार्वजनिक भएको मन्त्रिपरिषदको निर्णय अनुसार सुदूरपश्चिम विश्वविद्यालयले विद्यार्थी संख्या ४८ जना सहितको बीई कम्प्युटरको नयाँ कार्यक्रम सुरु गर्न सक्नेछ । विश्वविद्यालयलाई अस्थायी रुपमा यो कार्यक्रम सञ्चालनको स्वीकृति दिइएको हो ।

यससँगै सुदूरपश्चिम विश्वविद्यालय बीई कम्प्युटर विषयको अध्ययन अध्यापन गराउने देशकै पाचौं विश्वविद्यालय बनेको छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय अन्तर्गत बीई कार्यक्रम यस अघि देखिन नै सञ्चालनमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४