close

नागरिक एप चलाउन एनसेलले पनि दिन थाल्यो निःशुल्क डेटा

टेकपाना टेकपाना

फागुन १८, २०७७ १५:६

नागरिक एप चलाउन एनसेलले पनि दिन थाल्यो निःशुल्क डेटा

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले आफ्नो नेटवर्कमा नागरिक एप चलाउँदा डेटा शुल्क नलाग्ने बनाएको छ । मंगलबारदेखि लागू हुने गरी कम्पनीले यस्ताे सेवा सुरु गरेको हाे ।

यसअघि माघ ६ गतेदेखि नेपाल टेलिकमले आफ्नो नेटवर्कमा नागरिक एप नि:शुल्क प्रयोग गर्न सकिने व्यवस्था मिलाएकाे छ ।

नागरिकलाई सम्पूर्ण सेवा एउटै एपमार्फत प्रदान गर्ने योजनाका साथ सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । याे एप सम्पूर्ण नागरिकको पहुँचमा सहजै र सर्वसुलभ रुपमा पुर्‍याउन सरकारले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई सेवा प्रदायकलाई नि:शुल्क उक्त एप प्रयोग गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघमा दिएको निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणले अघिल्लो हप्तामात्रै सेवा प्रदायकलाई डेटा शुल्क नलाग्ने बनाउन परिपत्र जारी गरेको थियो ।

टेलिकमले परिपत्र जारी हुनुअगाडि नै नागरिक एप प्रयोग गर्दा डेटा शुल्क नलाग्ने बनाइसकेको जानकारी दिएको थियो । एनसेलले भने मं‌गलबारदेखि यसलाई कार्यान्वयनमा ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४