काठमाण्डौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्यापु मार्केटप्लेसले नेपाली महिलाहरूको गौरवशाली कार्य र सौन्दर्य पहिचान गर्न विशेष अफर ल्याएको छ । यस अवसरमा ग्यापुले महिलाहरुलाई विभिन्न सामानमा छुट प्रदान गर्ने, सरप्राइज गिफ्ट दिने लगायतका लगायतका अफर ल्याएकाे छ ।
यसका लागि #womensdaywithgyapu मा भाग लिएर आर्कषक उपहार तथा छुट पाउन सकिन्छ । महिलाहरुको योगदानलाई कदर गर्दै ग्यापुले नारी दिवस विशेष योजना बनाएको कम्पनीका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले बताए ।
ग्राहकले उल्लेख गरेका महिलाहरुले सरप्राइज उपहारहरु पाउनेछन् । अफरका सहभागीले ग्यापुको फेसबुक र इन्स्टाग्राम पेजमा गएर फलो गर्नुपर्ने र ग्यापु मार्केटप्लेसको एपलाई मोबाइलमा डाउनलोड गर्नुपर्ने बताइएको छ ।
नारी दिवसका दिन महिलाहरुले प्रयोग गर्ने सामानहरुमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै ब्युटी तथा कस्मेटिक सामान र मिनिसोका सामानहरुमा भारी छुट दिइने बताइएको छ ।
यसबाहेक पनि ग्यापुबाट शपिङ गर्दा ‘स्ट्रङगर वुमन’ को कुपन कोड प्रयोग गरी रु. २०० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।