काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले रेडमी नोट १० सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नोट सिरिज अन्तर्गत नोट १०, नोट १० एस, नोट १० प्रो र नोट १० फाइभजी गरी ४ फरक मोडल सार्वजनिक गरेको हो ।
यसअघि भित्रिएका नोट सिरिजभन्दा हाइ-इन्ड फिचरका साथ याे सिरिज बजारमा भित्रिएकाे छ । यी मोडलमध्ये नोट १० प्रो आकर्षणको केन्द्रविन्दु रहेको छ । ६.६७ इन्च १०८० पी ओएलईडी डिस्प्लेका साथ सार्वजनिक भएकाे त्यसमध्ये नोट १० प्रोमा १२० हर्जकाे रिफ्रेस रेट रहेको छ ।
याे स्मार्टफाेनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा रहेको छ । त्यस्तै ८ मेगा पिक्सेलको अल्ट्रावाइड, ५ मेगा पिक्सेलको टेली म्याक्रो र २ मेगा पिक्सेलको डेप्थ सेन्सर दिइएकाे छ । फोनमा सेल्फीका लागि १६ मेगा पिक्सेलको क्यामेरा सेटअप छ ।
स्न्यापड्रागन ७३२ प्रोसेसरका साथ आएको फोन ६ जीबी र ८ जीब र्याम तथा ६४ जबी र १२८ जीबी रोम भेरियन्टमा उपलब्ध छ । फोनमा ५०२० एमएएचको शक्तिशाली ब्याट्री दिइएकाे छ । त्यस्तै फास्ट चार्जिङका ३३ वाटको चार्जिङ सिस्टम रहेको छ ।
पावर बटनमै फिङ्गरप्रिन्ट सेन्सर उपलब्ध फोनमा विशेष छुटेको भनेको वायरलेस चार्जिङ हो । अन्य धेरै कम्पनीले वायरलेस चार्जिङ प्रयोगमा ल्याए पनि साओमीले नयाँ फोनमा याे प्रविधि प्रयोगमा ल्याउन सकेन ।
सार्वजनिक भएका अन्य स्मार्टफोनमध्ये नोट १० फाइभजीमा डाइमेन्सिटी ७०० प्रोसेसर रहेको छ । त्यस्तै नोट १० मा स्न्यापड्रागन ६७८ प्रोसेसर छ । यी दुवै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।
त्यस्तै क्रमश: ८ र १३ मेगा पिक्सेलको सेल्फी क्यामेरा सेटअप दिइएकाे छ । कम्पनीले यी फोन ४ जीबी र ६ जीबी र्याम अप्सनमा उपलब्ध गराएकाे छ ।
त्यस्तै हेलियो जी९५ प्रोसेसर रहेको अर्को फोन नोट १० एसमा ६४ मेगा पिक्सेलको मुख्य क्यामेरा र १३ मेगा पिक्सेलको सेल्फी क्यामेरा सेटअप छ ।
५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा फास्ट चार्जिङका लागि ३३ वार्ट चार्जिङ सिस्टम रहेको छ । यो फोन ६ जीबी र ८ जीबी र्याम तथा ६४ र १२८ जबी रोम भेरियन्टमा आएको छ ।
नेपाली बजारमा चाँडै नै याे सिरिज उपलब्ध हुने अनुमान गरिएकाे छ ।
बजार मूल्य:
नोट १० फाइभजी
नोट १०
नोट १० एस
नोट १० प्रो
-४+६४ जीबी: १९९ डलर -४+१२८ जीबी: २२९ डलर
-४+६४ जीबी: १९९ डलर -४+१२८ जीबी: २२९ डलर
-६+६४ जीबी: २२९ डलर -६+१२८ जीबी: २४९ डलर -८+१२८ जीबी: २७९ डलर
-६+६४ जीबी: २७९ डलर -६+१२८ जीबी: २९९ डलर -८+१२८ जीबी: ३२९ डलर