close

कहाँ, किन र कसले पढ्ने बीसीए ?

टेकपाना टेकपाना

फागुन २६, २०७७ २०:२१

कहाँ,  किन र कसले पढ्ने बीसीए ?

काठमाडौं । सामान्यतया आईटीमा कम्प्युटर विज्ञान मात्र पढाई हुन्छ । त्यसबाट प्रविधिलाई वास्तविक जीवनमा उतार्न पर्याप्त नहुने देखिएपछि सपोर्टिङ टुलसहित बिजनेस, अकाउन्टेन्सी, संगठन व्यवस्थापन लगायतका विषय समेटेर बीसीए कार्यक्रम तयार पारिएको हो ।

सन् १९९९ मा पूर्वाञ्चल विश्वविद्यालयले नेपालमै पहिलो पटक ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रम सुरु गरेको थियो । त्यसलगत्तै पोखरा विश्वविद्यालयले समेत सन् २००० देखि यो कार्यक्रम सञ्चालनमा ल्यायो ।

तर त्रिभुवन विश्वविद्यालयले बीसीए कार्यक्रम सुरु गरेको भने करिब चार वर्ष हुन आँटेको छ । मूलतः सबै विश्वविद्यालयमा पढाई हुने कोर्षमा करिब करिब समान विषय पढाई हुने गरेका छन् ।

तर यो कोर्षलाई विश्वविद्यालयपिच्छे फरक-फरक संकायमा राखेर अध्यापन गराउँदै आइएको छ । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा विज्ञान तथा प्रविधि संकायअन्तर्गत पढाई हुने यो विषय त्रिभुवन विश्वविद्यालयले भने मानविकी संकाय अन्तर्गत राखेको छ । 

त्रिभुवन विश्वविद्यालयको बीसीए विषय समितिका सदस्य समेत रहेका भोजराज जोशी अबको समयमा कम्प्युटर कुनै एउटा संकायकाे विषयको रुपमा सीमित राख्न नहुने धारणा राख्छन् ।

‘आर्ट्स तथा मानविकी अन्तर्गत कला, सामाजिक विज्ञान, साहित्य लगायतका विषयहरु अध्ययन अध्यापन हुँदै आएका थिए,’ उनी भन्छन्, ‘आजको समयमा सबै क्षेत्रमा कम्प्युटर प्रविधि प्रयोगमा आएको छ । प्रोग्रामिङ पनि आफैंमा आर्ट हो । त्यसैले यो कुन संकाय अन्तर्गत छ भन्ने कुरा त्यति धेरै महत्वको विषय होइन ।’

बरु कोर्षभित्र कुन-कुन विषयहरु राखिएका छन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हुने उनको भनाइ छ । ‘अन्य मुलुकहरुको अभ्यास हेर्ने हो भने पनि विद्यार्थीले आवश्यक विषय पर्याप्त क्रेडिट आवर पढेको छ कि छैन, प्राक्टिकल तथा प्रोजेक्ट वर्क गरेको छ कि छैन र इन्टर्नशिप गरेको छ कि छैन भनेर हेरिन्छ,’ जोशी अगाडि भन्छन्, ‘त्यस्तोमा फ्याकल्टी गौण हुन पुग्छ ।’ 

सबैभन्दा ट्यालेन्टेड विद्यार्थी साइन्समा भर्ना हुने, त्यसपछि कमर्स र आर्ट्समा भर्ना हुने भन्ने धारणा परम्परागत सोच बनिसकको तर्क उनकाे छ ।

उनी अगाडि भन्छन्, ‘त्यो गलत हो । शिक्षा भनेको समय र परिस्थितिजन्य हुन्छ । सैद्धान्तिक ज्ञान, प्रयोगात्मक सिकाई, सीप, इन्टर्नशिप कति चाहिन्छ, ती सबै विषयको सम्पूर्ण प्याकेज नै बीसीए हो ।’

६ वटा क्याम्पसबाट सुरु भएको त्रिविको बीसीए अहिले १२३ क्याम्पसमा अध्यापन भइरहेको छ । हालको क्षमता अनुसार त्रिविमा वर्षमा ४,४१० जना बीसीए उत्पादन हुन्छन् ।

त्यस्तै पोखरा विश्वविद्यालयबाट वर्षेनि पासआउट हुनेको संख्या ४०० जति रहेको छ भने पूर्वाञ्चल विश्वविद्यालयबाट १५० काे हारहारीमा जनशक्ति तयार हुने गरेका छन् । 

सुरुवाती समयमा मानविकी संकाय अन्तर्गत रहेको पोखराको बीसीए कार्यक्रम पछिल्लो समय विज्ञान तथा प्रविधि अन्तर्गत आएको हो । कम्प्युटर प्रोग्रामिङ र सरकारको आईटीसँग सम्बन्धित पदहरुमा आवश्यक जनशक्ति विकास गर्नका लागि नै बीसीए कोर्ष सञ्चालनमा ल्याइएको हो । 

कसले पढ्न पाउँछन् ?

बीसीए वास्तवमा विद्यार्थीको रुचिमा आधारित शैक्षिक कार्यक्रम हो । यसको अर्थ रुचि भएका जुनसुकै पृष्ठभूमिका विद्यार्थीले यो विषय पढ्न पाउँछन् ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा बीसीए पढ्न विज्ञान, व्यवस्थापन वा मानविकी जुनसुकै संकायबाट प्लस टु वा सोसरहको तह उत्तीर्ण गरेको हुनुपर्छ । साथै कम्तिमा ग्रेडिङमा २.० तथा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ ।

तर ग्रेडिङमा कुनै पनि विषयमा डी प्लसमुनी अंक ल्याएका विद्यार्थी भने यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् ।

पोखरा विश्वविद्यालयमा भने बीसीए पढ्नका लागि सय पूर्णाङ्कको विज्ञान वा गणित विषय लिएर उत्तीर्ण गरेको हुनुपर्छ । 

खर्च कति लाग्छ ?

सामान्यतया बीसीए पढ्न लाग्ने शुल्क क्याम्पसपिच्छे फरक छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सरकारी क्याम्पसहरुमा यसका लागि ३ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म शुल्क तोकिएको छ ।

निजीमा भने ६/७ लाख रुपैयाँसम्म लाग्न सक्छ । पोखरा विश्वविद्यालयले सम्बन्धनप्राप्त क्याम्पसहरुलाई नै यो कोर्षका लागि लाग्ने शुल्क निर्धारण गर्नसक्ने छुट दिएको छ ।

प्रोजेक्ट, प्राक्टिकल टुल, भर्ना आदि सबै गरी पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजमा बीसीए पढ्न कम्तिमा ५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयमा पनि यसका लागि साढे ६ लाखदेखि ७ लाख रुपैयाँसम्म लाग्ने गरेको छ । 

करियर कस्तो छ ?

यो विषयको आधारभूत लक्ष्य भनेको सफ्टवेयर तथा एप्लिकेसन डेभलपर तयार पार्ने हो । यसबाट उत्पादित जनशक्क्तिले सफ्टवेयर सिस्टम डेभलप, सञ्चालन र व्यवस्थापन गर्ने काम गर्दछन् ।  बीसीए पढेर अन्य विश्वविद्यालयमा आईटीकै उच्च तहमा पढ्न पाउने कुरा त छँदैछ ।

त्यसबाहेक नेपाल लगायत विश्वका जुनसुकै आईटी कम्पनीमा काम गर्ने अवसर बीसीए पढेकाले पाउन सक्छन् । त्रिविबाट भने अझै पहिलो ब्याच पासआउट हुन बाँकी नै छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा बीसीए पढेका विद्यार्थीहरु माइक्रोसफ्ट, अमेजन, राकुटेनजस्ता विश्वकै दिग्गज आईटी कम्पनीमा समेत काम गरिरहेका छन् । त्यस्तै नेपाल सरकार, केन्द्रीयस्तरका नियमनकारी निकाय आदिमा आईटी अफिसरदेखि म्यानेजरको भूमिकामा समेत बीसीए ग्र्याजुएटहरुले काम गरिरहेका छन् । 

पूर्वाञ्चलबाट वर्षेनि ४ हजारदेखि पाँच हजार विद्यार्थी बीसीए पास आउट हुने गरेका छन् । यो विषयमा यतिधेरै अवसर छ कि, अहिलेसम्म बीसीए उत्तीर्ण गरेका कुनै पनि विद्यार्थी खाली बस्नु नपरेको पोखरा र पूर्वाञ्चल विश्वविद्यालयको अनुभव छ । 

सिस्टम डेभलपर, प्रोग्रामर, नेटवर्क म्यानेजर, डेटाबेस एड्मिनिस्ट्रेटर, आईटी अफिसर, एमआईएस एक्सपर्ट, आईटी प्रोजेक्ट म्यानेजर आदि बन्ने तपाईंको उद्देश्य हो भने, बीसीए रोज्न सक्नुहुन्छ । तर नेपालको सन्दर्भमा कम्प्युटर इन्जिनियर मागेको ठाउँमा भने तपाईंले आवेदन दिन पाउनुहुन्न ।

यद्यपि देशमा मात्र नभएर बीसीए पास गरेका जनशक्तिका लागि अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो अवसर छ । बीसीएको बजार एकदमै राम्रो भएको पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन राजेश ठकुराठी बताउँछन् ।

‘यहाँ बीसीए पढेकाहरु नेपाल, भारत र अन्य देशमा राम्रा राम्रा कम्पनीमा काम गरिरहेका छन्,’ उनी भन्छन्, ‘नेपाल सरकारले पनि लोकसेवामार्फत आईटी अफिसरहरु खोजिरहेको हुन्छ । भारतमा त झन् यसको अझ राम्रो स्कोप छ । हाम्रा बीसीए ग्र्याजुएटहरु ब्याङ्गलोरदेखि सिलिकन भ्यालीसम्म छरिएका छन् ।’

बीसीएमा कहाँ कुन विषय ?

४ वर्ष तथा ८ वटा सेमेस्टरको बीसीए कार्यक्रममा सबै गरेर कुल १२६ क्रेडिट आवरमा करिब ४० वटा विषय अध्ययन गर्नुपर्ने हुन्छ । विश्वविद्यालय अनुसार प्रोजेक्ट वर्क र इन्टर्नशिप समेत त्यसमा राखिएको छ । साथै विद्यार्थीको रुचि अनुसार रोज्न पाउनेगरी इलेक्टिभ विषयहरु पनि हुन्छन् । 

त्रिविको बीसीएमा कुल १२६ क्रेडिट आवरमध्ये ७१ क्रेडिट आवर कोर कम्प्युटर एप्लिकेसन पढाई हुन्छ । ल्याङ्ग्वेज, अकाउन्टिङ तथा फाइनान्सियल सहित ३ वटा प्रोजेक्ट त्रिविको पाठ्यक्रममा राखिएको छन् । प्रोफेसनल स्किलमा केन्द्रीत इलेक्टिभ विषयहरु छन् । अर्गनाइजेसन कल्चर सिकाउन इन्टरन्नशिप अनिवार्य गरिएको छ । 

सुरुदेखि ४ कार्यकाल पोखराको बीसीए सब्जेक्ट कमिटीमा बसेको हरि भण्डारी आफ्नो बीसीए कार्यक्रममा ३० प्रतिशत व्यवस्थापन, ५०-५५ कम्प्युटर कम्प्युटर विज्ञान र २०-२५ प्रतिशत सपोर्टिङ टुल (इंग्लिस, म्याथम्याटिक्स र कम्युनिकेसन) राखिएको बताउँछन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत बीसीएमा ९० प्रतिशत कम्प्युटर प्रोग्रामिङसम्बन्धी र बाँकी अन्य विषय रहेका छन् । 

सेमेस्टरत्रिभुवन विश्वविद्यालयपोखरा विश्वविद्यालयपूर्वाञ्चल विश्वविद्यालय
पहिलोकम्प्युटर फण्डामेन्टल एन्ड एप्लिकेसनइंग्लिस 
सोसाइटी एन्ड टेक्नोलोजीम्याथ 
इंग्लिस वानडिजिटल  सिस्टम 
म्याथम्याटिक्स वानप्रोग्रामिङ 
डिजिटल लजिकलजिक एन्ड टेक्निक
दोस्रोसी प्रोग्रामिङम्याथ सेकेन्ड
फाइनाइन्सियल अकाउन्टिङबिजनेस कम्युनिकेसेन एन्ड टेक्निक
इंग्लिस सेकेन्डएकाउन्टेन्सी फस्ट
म्याथम्याटिक्स सेकेन्डप्रोग्रामिङ ल्याङ्गेज
माइक्रोप्रोसेसर एन्ड कम्प्युटर आर्किटेक्चरइलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स
प्रोजेक्ट फस्ट
तेस्रोडेटा स्टक्चर एन्ड एल्गोरिदम्सअब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ
प्रोब्याब्लिटी एन्ड स्टाटिस्टिक्सडेटा स्टक्चर एन्ड अल्गोरिदम
सिस्टम एनालिसिस एन्ड डिजाइनसिस्टम एनालिसिस एन्ड डिजाइन
ओओपी ईन जाभाफिनाइन्सियल अकाउन्टेन्सी
वेब टेक्नोलोजीमाइक्रो प्रोसेसर
चौथोअपरेटिङ सिस्टमन्युमेरिकल मेथड
न्युमेरिकल मेथडभिजुअल प्रोग्रामिङ
सफ्टवेयर इन्जिनियरिङअपरेटिङ सिस्टम
स्क्रिप्टिङ ल्याङ्वेजडेटाबेस म्यानेजमेन्ट सिस्टम
डेटाबेस म्यानेजमेन्ट सिस्टमकम्प्युटर ग्राफिक्स एन्ड मल्टिमिडिया टेक्नोलोजी
प्रोजेक्ट फस्टप्रोजेक्ट सेकेन्ड
पाँचौंएमआईएस एन्ड ई बिजनेसकम्प्युटर आर्किटेक्चर
डटनेट टेक्नोलोजीजाभा प्रोग्रामिङ
कम्प्युटर नेटवर्किङवेब टेक्नोलोजी फस्ट
इन्ट्रडक्सन अफ म्यानेजमेन्टम्याथ म्याटिक्स 
कम्प्युटर ग्राफिक्स एन्ड एनिमेसनफाउन्डेसन एन्ड कम्प्युटर साइन्स
सफ्टवेयर इन्जिनियरिङ्ग
छैटौंमोबाइल प्रोग्रामिङनेटवर्क एन्ड डेटा कम्युनिकेसन
डिस्ट्रिब्युटेड सिस्टमफण्डामेन्टल अफ प्रोब्याब्लिटी एन्ड स्टाटिस्टिक
अप्लाइड इकोनोमिक्सएप्लाइड इकनोमिक्स
एड्भान्स जाभा प्रोग्रामिङअर्गनाइजेसन एन्ड म्यानेजमन्ट
नेटवर्क प्रोग्रामिङटेक्नोलोजी सेकेन्ड
प्रोजेक्ट सेकेन्डप्रोजेक्ट थर्ड
सातौंसाइबर ल एन्ड प्रोफेसनल इथिक्सई बिजनेस
क्लाउड कम्प्युटिङसिमुलेसन एन्ड मोडलिङ
इन्टर्नशिपलिनक्स
इलेक्टिभ वानइन्टर्नशिप
इलेक्टिभ टुइलेक्ट्रिभ फस्ट
आठौंअपरेसन्स रिसर्चमोबाइल टेक्नोलोजी
प्रोजेक्ट थर्डम्यानेजमेन्ट इन्फरमेसन सिस्टम
इलेक्टिभ थर्डइलेक्ट्रिभ सेकेन्ड
इलेक्टिभ फोरप्रोजेक्ट फोर

कहाँ कहाँ पढाई हुन्छ ?

पोखरा विश्वविद्यालयको केन्द्रीयस्तरमा बीसीए कार्यक्रम छैन । अन्य सम्बन्धन प्राप्त ९ क्याम्पसमा मात्र यो विषय सञ्चालनमा छ । 

त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गत १२३ कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । जसमा आंगिक तथा सम्बन्धनप्राप्त दुवै छन् । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विभिन्न पाँच वटा कलेजमा यो विषय पढाई भइरहेको छ ।

क्र.सं.क्याम्पसठेगाना
१.विरेन्द्र मल्टिपल क्याम्पसचितवन
२.न्यु समिट कलेज पुरानोकाठमाडौं
३.क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट
४.प्राइम कलेज नयाँ बजारकाठमाडौं
५.नेसनल कलेज अफ कम्प्युटर स्टडिजकाठमाडौं
६.नागार्जुन कलेज अफ आईटीललितपुर
७.अर्किड इन्टरनेसनल कलेजकाठमाडौं
८.मदन भण्डारी मेमोरियल कलेजकाठमाडौं
९.काठमाडौं बर्नहार्ट कलेजकाठमाडौं
१०.एसियन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीकाठमाडौं
११.सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीललितपुर
१२.टेक्सास इन्टरनेसनल कलेजकाठमाडौं
१३.एसियन कलेज अफ हायर स्टडिजकाठमाडौं
१४.निस्ट कलेजकाभ्रे
१५.नेसनल इन्फोटेक कलेजपर्सा
१६.निहारिका कलेजमोरङ
१७.बिराट क्षितिज कलेजमोरङ
१८.बिराट दर्शन कलेजमोरङ
१९.एम्स कलेजललितपुर
२०.हेटौडा सिटी कलेजमकवानपुर
२१.इन्द्रेणी कलेजचितवन
२२.लुम्बिनी आईसीटी कलेजनवलपुर
२३.नेपथ्य कलेजरुपन्देही
२४.ट्रिनिटी इन्टरनेसनल कलेजकाठमाडौं
२५.समृद्धि कलेज लोकन्थलीभक्तपुर
२६.स्वस्तिक कलेजभक्तपुर
२७.नेपालगञ्ज क्याम्पसबाँके
२८.अम्बिकेश्वरी इन्फरमेसन एण्ड टेक्निकल क्याम्पसदाङ
२९.बाँके बागेश्वरी कलेजबाँके
३०.हिमालय कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टललितपुर
३१.एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टललितपुर
३२.ललितपुर इन्जिनियरिङ कलेजललितपुर
३३सेण्ट लरेन्स कलेजकाठमाडौं
३४.हेनरी फोर्ड इन्टरनेशनल कलेजकाठमाडौं
३५.काभ्रे बहुमुखी क्याम्पसकाभ्रे
३६.सप्तगण्डकी वहुमुखी क्याम्पसचितवन
३७.हेटौडा स्कुल अफ मेनेजमेन्ट एण्ड सोसल स्टडिजमकवानपुर
३८.मैयाँदेवी कन्या क्याम्पसचितवन
३९.दमक बहुमुखी क्याम्पसझापा
४०.एवर्डिन इन्जिनियरिङ कलेजललितपुर
४१.मोडेल बहुमुखी कलेजजनकपुर
४२.मोर्गन इन्टरनेसनल कलेजकाठमाडौं
४३.नव क्षितिज कलेजमहोत्तरी
४४.काठमाडौं शिक्षा क्याम्पसकाठमाडौं
४५.जनमैत्री बहुमुखी क्याम्पसकाठमाडौं
४६.जनभावना क्याम्पसललितपुर
४७.सहिद रामनाथ बहुमुखी क्याम्पसकाठमाडौं
४८.पशुपति बहुमुखी कलेजकाठमाडौं
४९.शहिद स्मारक कलेजकाठमाडौं
५०.गणेशमान सिंह क्याम्पसकाठमाडौं
५१.ट्रिटन इन्टरनेशनल कलेजकाठमाडौं
५२.डीएभी कलेज अफ म्यानेजमेन्टललितपुर
५३.तिनाउ टेक्निकल क्याम्पसरुपन्देही
५४.जया माल्टिपल क्याम्पसकाठमाडौं
५५.जेभियर इन्टनेसनलकाठमाडौं
५६.पद्यश्री इन्टरनेशनल कलेजकाठमाडौं
५७.कुमारी बहुमुखी क्याम्पसकाठमाडौं
५८.टेम्स इन्टरनेशनल कलेज पुरानोकाठमाडौं
५९.डीडब्लूआईटी कलेजकाठमाडौं
६०.बज्र इन्टरनेशनलकाठमाडौं
६१.हिमालयन कलेज फर लर्निङ एक्सिलेन्सकाठमाडौं
६२.नेपाल मेगा कलेजकाठमाडौं
६३.द टाइम्स इन्टरनेसनल कलेजकाठमाडौं
६४.दिव्यज्ञान कलेजकाठमाडौं
६५.कलेज अफ एप्लाइड विजनेसकाठमाडौं
६६.ग्रिनफिल्ड नेसनल कलेजकाठमाडौं
६७.एभरेष्ट इन्नोभेट कलेजकाठमाडौं
६८.गोल्डेन गेट इन्टरनेशनल कलेजकाठमाडौं
६९.काठमाडौं मोडेल कलेजललितपुर
७०.रेन्बो इन्टरनेशनल कलेजकाठमाडौं
७१.के एन्ड के इन्टरनेशसनल कलेजकाठमाडौं
७२.रिलायन्स कलेजकाठमाडौं
७३.मेघा नेसनल कलेजललितपुर
७४.सहिद स्मारक कलेजचितवन
७५.भिरेन्ची कलेजललितपुर
७६.युथ क्याम्पसजनकपुर
७७.नेशनल इन्टिग्रेटेड कलेजकाठमाडौं
७८.सगरमाथा कलेज फर हायर स्टडिजकाठमाडौं
७९.युनाइटेड कलेज कुमारीपाटीरुपन्देही
८०.कालिका कलेजरुपन्देही
८१.साउथ वेस्टर्न स्टेट कलेजकाठमाडौं
८२.एम्विसन कलेजकाठमाडौं
८३.समाजिक कलेजभक्तपुर
८४.एडमार्क कलेजकाठमाडौं
८५.सुनगाभा कलेजचितवन
८६.अरुनिमा कलेजकाठमाडौं
८७.गिरिजा प्रसाद कोइराला मेमोरियल कलेजकाठमाडौं
८८.जनज्योती बहुमुखी क्याम्पसकञ्चनपुर
८९.एभरेस्ट इन्टरनेसनल कलेजकाठमाडौं
९०.मोडेल क्याम्पसझापा
९१.हिमालय दर्शन कलेजमोरङ
९२.ज्ञानदीप कलेजदाङ
९३.इटहरी नमुना कलेजसुनसरी
९४.ह्वाइट फिल्ड इन्टरनेसनल कलेजकाठमाडौं
९५.नेसनल कलेजकाठमाडौं
९६.लुम्बिनी एकेडेमी कलेजकाठमाडौं
९७.निम्स कलेजललितपुर
९८.नेस्फिल्ड इन्टरनेशनल कलेजकाठमाडौं
९९.कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजीकाठमाडौं
१००.इन्टेन्सिभ इन्टरनेसनल कलेजललितपुर
१०१.निस्ट कलेजललितपुर
१०२.नेपाल काष्ठमण्डपकाठमाडौं
१०३.समर्पण एकेडेमीकाठमाडौं
१०४.गुरुकुल कलेजकाठमाडौं
१०‍५.दिव्यभूमि मल्टिपल कलेजललितपुर
१०६.डाँफे कलेजकाठमाडौं
१०७.कोशी सेन्ट जेम्ससुनसरी
१०८.सहारा क्याम्पससर्खेत
१०९.मिल्टन इन्टरनेसनलकाठमाडौं
११०.विजनेस क्याम्पसकाठमाडौं
१११.क्यारेबियन कलेज अफ म्यानेजमेन्टललितपुर
११२.ओजस्वी कलेजललितपुर
११३.चारुमती कलेजकाठमाडौं
११४.क्यापिटल कलेजललितपुर
११५.स्वयम्भु इन्टरनेसनल कलेजकाठमाडौं
११६.विश्व आदर्श कलेजसुनसरी
११७.ललितपुर एभरेष्ट कलेजकाठमाडौं
११८.भद्र घले बहुमुखी क्याम्पस ललितपुर
११९.ललितपुर एभरेष्ट कलेजकाठमाडौं

पोखरा विश्वविद्यालय

क्र.संकलेजठेगाना
१.अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टनवलपुर
२.नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीललितपुर
३.स्कुल अफ इन्भाइरोमेन्टल साइन्स एन्ड म्यानेजमेन्टकाठमाडौं
४.सिटिजन कलेजललितपुर
५.राप्ती इन्जिनियरिङ कलेजदाङ
६.नेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीकैलाली
७.ला ग्राण्डी इन्टरनेसनल कलेजकास्की
८.क्रिम्सन कलेज अफ टेक्नोलोजीचितवन
९.लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजरुपन्देही

पूर्वाञ्चल विश्वविद्यालय

क्र.संकलेजठेगाना
१.पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमोरङ
२.गोमेन्द्र बहुमुखी महाविद्यालयझापा
३.कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङकाठमाडौं
४.आर्यन स्कुल अफ इन्जिनियरिङकाठमाडौं
५.कान्तिपुर सिटी कलेजकाठमाडौं

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१