close

एकैपटक डेढ लाख सेक्युरिटी क्यामेरा ह्याक

टेकपाना टेकपाना

फागुन २७, २०७७ १३:३४

एकैपटक डेढ लाख सेक्युरिटी क्यामेरा ह्याक

काठमाडौं । विद्यालय, अस्पताल तथा व्यवसायिक गृहहहरुमा राखिएका एक लाख ५० हजार सेक्युरिटी क्यामेराहरु ह्याक भएका छन् । उक्त घटनाको खुलासापछि क्यामेरा निर्माता कम्पनी भर्काडाले अनुसन्धानको थालनी गरेको छ ।

ह्याकरहरुले भर्काडा कम्पनीले निर्माण गरेको सेक्युरिटी क्यामेराहरुलाई एक्सेस गरेका हुन् । टेस्ला जस्तो विश्वविख्यात कम्पनीले समेत भर्काडाको सेक्युरिटी क्यामेरा प्रयोग गर्दछ ।

ब्लुमबर्गको रिपोर्टअनुसार जेल, मनोचिकित्सालय, क्लिनिक्स तथा भर्काडाको आफ्नै कार्यालय पनि उक्त ह्याकिङका कारण हाईज्याक भएको थियो ।

भर्काडाले अहिले उक्त ह्याकिङको घटनाले कुन कुन क्षेत्रमा कतिसम्म क्षति पुर्‍यायो भन्ने विषयमा अनुसन्धान गरिरहेको बीबीसीले बताएको छ ।

कम्पनीले यस विषयमा कानुनी अभियोजकहरुलाई पनि जानकारी गराइसकेको छ । तर यस घटनाबाट कुन कुन क्षेत्र कति मात्रामा प्रभावित भयो भन्नेबारे उसले खुलासा गरेको छैन ।

रोयटर्सको समाचार अनुसार उक्त ह्याकिङबाट यातायात स्टार्टअप भर्जिन हााईपरलुप समेत प्रभावित भएको छ । 

उक्त ह्याकिङ त्यति धेरै अत्याधुनिक नभएको पाइएको छ, जसमा भर्काडामा एक्सेस पाउन सुपर एडमिन अकाउन्टको प्रयोग भएको थियाे ।

ह्याकिङपछि ह्याकरले भर्काडालाई सम्पर्क गरेपछि कम्पनीले अवैधानिक एक्सेसलाई नियन्त्रण गर्न सम्पूर्ण आन्तरिक एडमिनिस्ट्रेटर अकाउन्टलाई डिजेबल गरिदिएको थियो ।

बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१