close

बुद्धको भेषमा ट्रम्पको मूर्ति बेच्दै चिनियाँ ईकमर्स

टेकपाना टेकपाना

फागुन २७, २०७७ १६:३

बुद्धको भेषमा ट्रम्पको मूर्ति बेच्दै चिनियाँ ईकमर्स

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा चीनसँग निकै खराब सम्बन्ध रह्यो । अमेरिका र चीनबीच व्यापार युद्धको बिजारोपण गर्नेदेखि कोभिड १९ लाई ‘चिनियाँ भाइरस’ र ‘किङ फ्लू’ को उपनाम दिएर उनले चीनलाई निरन्तर चिढ्याइरहे । 

चीन पनि के कम, ट्रम्पप्रतिको द्वेषपूर्ण भावलाई उसले बढो सृजनात्मक तरिकाले व्यक्त गरी ट्रम्पलाई नमिठो प्रहार गरिरह्यो । चीनले ट्रम्पको मुर्ख शैलीलाई सधै रमाइलोको रुपमा उडाइरह्यो । 

ट्रम्प अमेरिकी प्रशासनबाट त बाहिरिए । तर उनको असरको ह्याङओभर भने अझै पनि चिनियाँ इन्टरनेटमा मडारिरहेको प्रस्ट देख्न सकिन्छ । 

सत्ताबाट बहिर्गमन भएको महिनौं बितिसक्दा चीनको ठूलो ईकमर्श प्लेटफर्म कम्पनी टाओबाओले ट्रम्पको एउटा फरक स्वरुपमा मूर्ति बिक्री गरिरहेको छ । 

सन्की स्वभावका राष्ट्रपति मानिने ट्रम्पलाई टा‌ओबाओले बुद्धको भेषमा ध्यानको अवस्थामा बसेको मूर्ति बनाएर अनलाइन प्लेटफर्ममार्फत बिक्री वितरण गरिरहेको छ ।

उसले ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ कै नक्कल गर्दै त्यसलाई व्यङ्गात्मक शैलीमा ‘मेक योर कम्पनी ग्रेट अगेन’ नारा लिएर बेचिरहेको छ । अहिले यो मूर्ति धेरै पसलहरुमा ९९९ देखि ३,९९९ यूआन (१८ हजारदेखि ३१ हजार रूपैयाँ) मूल्यमा बिक्री भइरहेको छ । मूर्तिकाे आकारअनुसार यसको मूल्य फरक फरक राखिएको छ ।

टाओबाओले ट्रम्पलाई प्रयोग गरेर व्यवसायिक फाइदा उठाएको यो पहिलो पटक होइन । उसले यसअघि पनि ट्रम्पको अनुहार प्रिन्ट भएको ट्वाइलेट पेपर रोल्स बिक्री गरिसकेको छ । त्यसबाहेक ट्रम्पको पहिचान अर्थात् उनको छिरलिएको सुन्तला रङ्गको कपालजस्तै देखिने ट्वाइलेट ब्रस र ट्रम्पको कार्टुन प्रिन्टेड टिसर्ट पनि उत्पादन गरेर बिक्री गरिसकेको छ । 

पछिल्लो समय निर्माण गरेको उक्त मूर्तिलाई भने ‘डोङ बुद्ध अफ दी वेस्ट’ र चीनमा ट्रम्पलाई दिइने उपनाम ‘जियानग्यो’ दिएर बिक्री गरिरहेको छ । डोङको अर्थ बुद्धजस्तै सर्वज्ञाता भन्ने हो । 

चीनले ट्रम्पलाई यसकारणले ‘डोङ किङ’ भनेर जिस्काउने गर्दछ, किनभने उनी सबै क्षेत्रमा आफ्नो विज्ञता भएको दाबी त  गर्दछन्, तर विज्ञताको सट्टा उनी मूर्खता मात्र प्रदर्शन गर्न सक्छन् । 

टा‌ओबाओमा चिनियाँ अर्बपति ज्याक माकाे अलिबाबाको स्वामित्व रहेको छ । 

Buddha statue of Trump. Photo: Sina Weibo

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१