close

गुगल म्यापमा यसरी आफैंले कोर्नुहोस् छुटेको बाटो

टेकपाना टेकपाना

फागुन २९, २०७७ २०:२०

गुगल म्यापमा यसरी आफैंले कोर्नुहोस् छुटेको बाटो

काठमाडौं । नयाँ ठाँउमा बाटो र गन्तव्य पत्ता लगाउने सबैभन्दा गतिलो माध्यम भनेकै गुगल म्याप हो । तर यो पनि पूर्णरुपमा विश्वासनीय भने छैन । कहिलेकाहिँ अगाडि बाटो हुन्छ, तर एपमा भने सडक नै नभएको देखिन्छ । 

अझ जटिल भौगोलिक संरचना भएका ठाउँहरुको त सबै सडकहरु गुगल म्यापमा राखिएका पनि हुँदैनन् । तर गुगल म्यापले भोल्युन्टरिली सडक आफैं कोर्न सक्ने सुविधा प्रयोकर्ताहरुलाई दिएको छ । तपाईंको यस्तो कार्यले अन्य यात्रीहरुलाई पनि यात्रामा सहजता प्रदान गर्नेछ । 

आफैं बाटो कोर्न निम्न प्रक्रिया अपनाउनुहोस् :

१. डेस्कटपमा गुगल म्याप खोल्नुहोस् । 

२. आफूले बाटो कोर्न चाहेको लोकेसनमा जानुहोस् । 

३. माथिल्लो बायाँतिर रहेको हामबर्गर मेनुमा क्लिक गर्नुहोस् र ‘इडिट द म्याप’ अप्सनमा क्लिक गर्नुहोस् । 

४. ‘मिसिङ रोड’ मा क्लिक गर्नुहोस् र लाइन कोरेर छुटेका बाटोलाई मार्क गर्नुहोस् । 

त्यो एडिटलाई टिमले भेरिफाई गरिसकेपछि त्यो परिवर्तन अनुमोदन भई नयाँ बाटो थपिन्छ । गुगल म्यापले बाटोलाई नामाकरण गर्न पनि सजिलो बनाइदिएको छ । नयाँ डेस्कटप रोड इडिटरबाट रोड क्लोजर पनि रिपोर्ट गर्न सकिन्छ । 

आगामी महिनाबाट यो नयाँ रोड इडिटर फिचर ८० भन्दा धेरै मुलुकहरुमा रोलआउट हुदैँछ । यसैले तपाईले वर्ल्ड म्यापलाई रिड्र गर्नुअघि केही समय कुर्नुपर्ने देखिन्छ । 

द नेक्स्ट वेबबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१