close

बहुप्रतिक्षित रियलमी ८ सिरिज मार्च २४ मा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

चैत १, २०७७ ११:५७

बहुप्रतिक्षित रियलमी ८ सिरिज मार्च २४ मा सार्वजनिक हुँदै

काठमाडौं । काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले आफ्नो नयाँ फ्ल्यागशिप सिरिज रियलमी ८ सिरिज आउँदो मार्च २४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले रियलमी ८ र रियलमी ८ प्राे गरी दुई माेडलमा स्मार्टफाेन ल्याउन लागेकाे हाे ।

यसअन्तर्गत रियलमीले प्राे भेरियन्टमा १०८ मेगापिक्सेल मुख्य क्यामेरा रहेकाे बताइएकाे छ । कम्पनीले यो फोनमा सामसङको एचएमटु (HM2) प्राइमेरी सेन्सर प्रयोग गरिने जानकारी दिएको छ । यसअन्तर्गत क्यामेरा सेन्सर साइज १/१.५२ इन्चसहित १२०००x९००० पिक्सेलकाे प्रभावकारी रिजाेलुसन हुने जनाइएकाे छ ।

कम्पनीका अनुसार यसमा भएको ‘एचएम२’ ले ‘नाइन–इन–वान पिक्सेल बिन्निङ’, ‘आईएसओ सेल प्लस’ र ‘स्मार्ट आइएसओ’ मोबाइल तस्वीर सेन्सरका कारण स्पष्ट र उत्कृष्ट तस्वीर खिच्न सकिन्छ ।

Realme teases March 24 launch of its 108MP camera smartphone

रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ मेगा पिक्सेलकाे क्यामेराले उज्यालो र अँध्यारो दुवैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्छ । जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा हुनेछैन भने अझ राम्रोसँग फोटोको विवरण हेर्न सकिन्छ ।

यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’ जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन । इन सेन्सर जुममाथि–एक्स मोड सक्रिय हुने र यसले १२ मेगापिक्सेलसम्म फैलिएको तस्वीरको विवरण देखाउनेछ ।

१२ मेगा पिक्सेल आकारसम्मको सानो फोटोका कारण यसको इमेजिङ प्रक्रिया तीव्र छ । स्पष्टता बढाउने एल्गोरिथमको विशेषताका कारण तस्वीर झनै स्पष्ट देखाउन क्यामेरा सबल भएको छ ।

रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ ।

विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुईभन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादन मार्फत तिनलाई संकलन गरेर जोडिन्छ । फोटो संश्लेषण एवं संयोजनका लागि टाइम लाप्स स्टारी मोड (Starry Mode) एकदमै चुनौतीपूर्ण मानिन्छ ।

क्यामेराबाहेक यो फोनका अन्य विशेषताका रुपमा ६५ फास्ट चार्जिङ प्रविधिसहितको ४५०० एमएएच ब्याट्री हुनेछ । स्न्यापड्रागन ७३०जी६ प्राेसेसरकाे प्रयाेग भएकाे फाेनमा ६ जीबी र्‍याम हुनेछ ।

नेपाली बजारमा यो फोनको मूल्य ३५ देखि ४० हजार रुपैयाँको हारहारीमा हुने अनुमान गरिएको छ ।

Realme 8 design and specs revealed by Mr. Madhav Sheth

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१