close

अब अटो रिक्साको भाडा पनि क्यूआर कोडबाटै तिर्न सकिने

टेकपाना टेकपाना

चैत १, २०७७ १५:३९

अब अटो रिक्साको भाडा पनि क्यूआर कोडबाटै तिर्न सकिने

काठमाडौं । पछिल्लो समय क्यूआर कोडको प्रयोग व्यापक रुपमा वृद्धि भइरहेको छ । तरकारी बजार, सार्वजनिक यातायात, चिया पसल, सफा ट्याम्पाेहुँदै अब अटोमा पनि क्यूआर कोड स्क्यान सञ्चालनमा आएको हो ।

त्यसका लागि नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित विराटनगर नोबेल कलेज रुटमा चल्ने केएन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरु गरिएको हो ।

शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै उक्त सेवाको सुरुवात गरेका हुन् । यसले व्यवसायीका साथै यात्रुलाई पनि ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१