close

पुनः सञ्चालनमा आयो वैदेशिक रोजगार सम्बन्धी कल सेन्टर

टेकपाना टेकपाना

चैत २, २०७७ १५:१

पुनः सञ्चालनमा आयो वैदेशिक रोजगार सम्बन्धी कल सेन्टर

काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालय अन्तर्गत सञ्चालित कल सेन्टर पुनः सञ्चालनमा आएको छ । गत मंसिर १ देखि बन्द रहेको कल सेन्टर यही चैत १ देखि पुनः नियमित रुपमा सञ्चालनमा आएको हो ।

तत्कालीन श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सम्बन्धि जानकारी लिन, उजुरी तथा गुनासो टिपाउन बोर्ड अन्तर्गत कल सेन्टर सञ्चालनमा ल्याउने काम अगाडि बढाएका थिए ।

सेवाग्राही तथा सरोकारवालाहरुले शर्टकोड ११४१ टोलफ्री नम्बर १६६०१५०००५ मार्फत कल सेन्टरमा सम्पर्क राख्न सक्नेछन् । साथै विदेशमा रहेका श्रमिकहरुका लागि ह्वाट्सएपमा +९७७-०१-५९७०००८ र भाइबरमा ९८०१८०००१३ नम्बर समेत खुल्ला गरिएको छ ।

यसैगरी फेसबुक (फेसबुकमा सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस्), ट्वीटरर ईमेल (ईमेल पठाउन यहाँ क्लिक गर्नुहोस्) मार्फत समेत कल सेन्टरमा प्रश्न, जिज्ञासा राख्न तथा उजुरी टिपाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१