close

हराएका र चोरी भएका फोनलाई यसरी पत्ता लगाउनुहाेस्

टेकपाना टेकपाना

चैत ३, २०७७ ११:२२

हराएका र चोरी भएका फोनलाई यसरी पत्ता लगाउनुहाेस्

काठमाडौं । अहिलेको युगमा फोन हराउनु जत्तिको दु:खदायी कुरा के होला । यो तपाईंको सबैभन्दा महत्वपूर्ण व्यक्तिगत उपकरण हो, जसमा तपाईंका धेरैभन्दा धेरै व्यक्तिगत जानकारी समेटिएका हुन्छन् । एउटा फोन चोरी हुँदा तपाईंले त्यसको मूल्यभन्दा धेरै मूल्यवान विवरण तथा स्मृति पनि गुमाइरहनु भएको हुन्छ ।

तपाईं एन्ड्रोइड फोनको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई एउटा महत्वपूर्ण कुरा थाहा नहुन सक्छ । तपाईंलाई थाहा छ तपाईंको एन्ड्रोइड फोनभित्र यस्ता इनब्युल्ट टुलहरू छन्, जसको मद्दतबाट तपाईंले हराएका फोनलाई सजिलै लक वा ट्रयाक गर्न सक्नुहुन्छ । तर, यसका लागि तपाईंले केही प्रक्रिया पुरा गरेर फोनलाई सेटअप गर्नुपर्छ ।

आज हामी तपाईंलाई एन्ड्रोइड फोनमा उपलब्ध केही यस्ता निःशुल्क टुलहरुका बारेमा बताउने छौं, जसले हराएको फोनलाई सजिलै खोज्न सहयोग गर्नेछ । 

सुरक्षित लक स्क्रिन बनाउनुहोस् 

स्क्रिन लक चयन गर्दा सधै पासकोड वा फिङ्गरप्रिन्ट अथेन्टिकेसन चयन गर्नुहोस् । फेशियल रिकग्निसनबाट सधै बच्नुहोस् । किनभने तपाईंको तस्वीरको दुरुपयोग गरेर गलत नियत भएका मानिसहरुले त्यसलाई खोलिदिन सक्छन् ।

फोन खोल्दैपिच्छे फिङ्गरप्रिन्ट स्क्यान गर्न र पिन कोड इन्टर गर्नु निकै झन्झटिलो होला, तर यसले तपाईंको फोटो, बैंकिङ एप, ईमेल जस्ता संवेदनशील अकाउन्टहरुमा गलत पहुँच पुग्नबाट रोक्दछ । 

गुगलको फाइन्ड माई डिभाइस 

तपाईं जुनसुकै समय गुगल अकाउन्टबाट एन्ड्रोइड डिभाइसमा साइन इन गर्नुहुन्छ, तब फाइण्ड माई डिभाइस स्वत: टर्न अन भइरहेको हुन्छ ।

गुगलले नि:शुल्क उपलब्ध गराउने फाइन्ड माई डिभाइस सर्भिस प्रयोग गरेको खण्डमा हराएको मोबाइल डिभाइसलाई ट्रयाक गर्नुका साथै टाढै बसेरमा त्यसलाई लक गर्न र त्यसमा रहेका सबै कुराहरुलाई डिलिट गर्न सकिन्छ । 

फाइन्ड माई डिभाइस तपाईंको फोनमा इनेबल भएको छ कि छैन सुरुमा चेक गर्नुहोस् । यसका लागि सेटिङ एप खोलेर सेक्युरिटी एण्ड लोकेसन हुँदै फाइन्ड माई डिभाइस मा जानुहोस् । यदि तपाईंको डिभाइसमा सेक्युरिटी एण्ड लोकेसन छैन भने गुगलबाट सेक्युरिटी हुँदै फाइन्ड माई डिभाइसमा जानुहोस् ।

फाइन्ड माई डिभाइस टर्न अन गर्नुहोस् । यदि टर्न अन छैन भने अन गर्न टोगल स्वीचलाई सार्नुहोस् ।

फाइन्ड माई डिभाइस इनेबल भएको नभएको डबल चेक गर्नुहोस् । यसका लागि आफ्नो कम्प्युटरमा रहेको एन्ड्रोइड डट कम/फाइन्डमा जानुहोस् । आफ्नो फोन सेलेक्ट गर्नुहोस् र सेट अप सेक्योर एण्ड इरेज क्लिक गर्नुहोस् । अब तपाईँको फोनमा पुस अलर्ट आउँछ । सेटअप प्रक्रियालाई पुरा गर्न यसलाई ट्याप गर्नुहोस् । 

सामसङमा दुई भिन्न सेवाहरु छन् 

यदि सामसङ प्रयाेगकर्ता हुनुहुन्छ भने ग्यालेक्सी फोनहरुका लागि सामसङले लामो समयदेखि फाइन्ड माई मोबाइल सेवा प्रदान गर्दै आइरहेको छ । गुगलको फाइन्ड माई डिभाइसभन्दा यो फरक छ । यसलाई पनि तपाईंले सेटअप गर्नु पर्दछ ।

यसले तपाईंलाई ब्याकअप सेवा मात्र दिने होइन, हराएको फोनलाई ट्रयाक गर्न पनि सहयोग गर्दछ । यसभित्र गुगलको फाण्ड माई डिभाइसमा नभएको टुल पनि पाउन सकिन्छ । सामसङको यो फिचरबाट तपाईंले फोर्स रिमोट ब्याकअप गर्नुका साथै कसैले तपाईंको सिम कार्ड स्वाइप आउट गरेको छ कि छैन हेर्न सक्नुहुन्छ । यस फिचरलाई फोनमा इनेबल गर्न सामसङ अकाउन्ट प्रयोग गर्नुपर्छ । 

यसबाहेक सामसङले हालै स्मार्ट थिङ्क्स फाइन्ड नामको नयाँ फिचर पनि सार्वजनिक गरेको छ । यो फिचरले एप्पलको फाइन्ड माई एप जसरी काम गर्दछ । जसले हराएका डिभाइसहरुको लोकेसनलाई क्राउडसोर्स गर्दछ, चाहे त्यो अनलाइन होस् वा अफलाइन ।

यसले नजिकको ग्यालेक्सी डिभाइसलाई ब्लुटुथ सिग्नल हेर्न आग्रह गरी फेला परेको लोकेसन रिपोर्ट गर्दछ । यी सबै काम थाहै नपाई हुने गर्दछ । 

सामसङको सेवा प्रयोग गर्न ग्यालेक्सी फोनको सेटिङ एप खोली बायोमेट्रिक्स एण्ड सेक्युरिटीमा गएर फाइन्ड माई मोबाइल मा जानुहोस् । यदि प्रारम्भिक डिभाइस सेटअप मै तपाईंले सामसङ अकाउन्टमा साइन इन गर्नुभयो भने फाइन्ड माई मोबाइल अगाडि नै इनेबल हुनेछ । यदि गर्नुभएको छैन भने यसमा साइन इन भएर इनेबल गर्नुहोस् ।

स्मार्ट थिङ्क्स फाइण्ड एपलाई एक्टिभेट गर्न तपाईंको ग्यालेक्सी डिभाइसमा एन्ड्रोइड एट वा त्योभन्दा नयाँ भर्सन हुनुपर्दछ । यो अटोमेटिकल्ली सेटअप हुँदैन । यसका लागि तपाईंले स्मार्ट थिङ्क्स फाइण्डमै बटनमै ट्याप गर्नुपर्छ  र डिभाइस रजिस्टर गर्न प्रोम्प्टको पालना गर्नुपर्छ ।

एकपटक यो टर्न अन भइसकेपछि यस एपलाई खोलेर तपाईंले डिभाइसको लोकेसन हेर्न सक्नुहुन्छ । जब डिभाइसको लोकेसन हेर्नुहुन्छ, त्यहाँ मोर अप्सन्स बटन हुन्छ जसले तपाईंलाई सामसङको फाइण्ड माई मोबाइल सर्भिसमा पुर्‍याउँछ, जसको कन्ट्रोललाई प्रयोग गरेर तपाईंले डिभाइसलाई लक गर्न वा टाढैबाट ब्याकअप र इरेज गर्न सक्नुहुन्छ । 

चोरलाई पक्रन नजानुहोस् 

यदि तपाईंको फोन चोरी भएको छ र तपाईंले लोकेसन ट्रयाक गर्नसक्नु भएको छ भने यसलाई रिकभर गर्ने प्रयास नगर्नुहोस् । यसको सट्टा नजिककै प्रहरी प्रशासनसमक्ष सम्पर्क गरेर आफूले ट्रयाक गरिरहेको लोकेसनबाट फोन रिकभर गर्न आग्रह गर्नुहोस् । 

मोबाइल सिम कम्पनीलाई कन्ट्याक्ट गर्नुहोस्, बिमा दाबी गर्नुहोस् 

यदि तपाईंले हराएको वा चोरी भएको फोन फिर्ता पाउने सम्भावना छैन भने आफ्नो फोन र सिम कम्पनीलाई सम्पर्क गरेर जानकारी गराउनुहोस् । यसो गर्दा फोन कम्पनीको डेटाबेसबाट त्यो सेट ब्ल्याकलिस्टमा पर्नुका साथै सिम निस्क्रिय पनि निस्क्रिय हुन्छ । यसले गर्दा अन्य व्यक्तिले तपाईंको फोन प्रयोग गर्न पाउँदैन ।

तर यसो गर्दा फोन ट्रयाकको कनेक्सन भने विच्छेद हुन्छ । तर उक्त मोबाइल वाईफाईमा जोडिन्छ भने पुनः यो सुचारु हुन्छ ।

यदि फोनको बीमा गराउनुभएको छ भने बीमा दाबी गर्ने सही समय पनि यही हो । यसबाट तपाईंले अर्को फोन पाउन सक्नुहुन्छ ।

सीनेटबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१