close

जेडटीई एक्सन ३० प्रोमा तीन वटा ६४ मेगा पिक्सेलका क्यामेरा

टेकपाना टेकपाना

चैत ५, २०७७ ११:१०

जेडटीई एक्सन ३० प्रोमा तीन वटा ६४ मेगा पिक्सेलका क्यामेरा

काठमाडौ‌ । २०२१ को सुरुदेखि नै जेडटीई कम्पनीले आफ्नो नयाँ एक्सन ३० प्रो फोनको विज्ञापन गर्दै आइरहेको थियो । फोनको टिजरबाट यसमा ट्रिपल क्यामेरा सेटअप हुने कुरा हामीले थाहा पाइसकेका छौं ।

न्यू वाइबोमा प्रकाशित एउटा रिपोर्टअनुसार यसमा तीनवटा ६४ मेगा पिक्सेलको क्यामेरा हुने पुष्टि भएको छ । स्मार्टफोनमा यस्तो किसिमको क्यामेरा सेटअप भएको यो पहिलोपटक हो । यो नयाँ क्यामेरा सेटअपमा एउटा टेलिफोटो र अर्को अल्ट्रावाइड स्नापर रहने छन् ।

यसमा ५५ वाटको चार्जर पनि हुने खुलासा भएको छ । एक्सन ३० प्रो अघि जेडटीई कम्पनीले पूर्ववर्ति फोन एक्सन २० फाइभजी सार्वजनिक गरेको थियो ।

एक्जन ३० प्रोबारे विस्तृत विवरण हालसम्म बाहिर आएको छैन । तर एक्सनको फ्ल्यागशिपमा स्नापड्रागन ८८८ चिपसेट हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१