close

कस्ताे हाेला आईफोन १३ ?

टेकपाना टेकपाना

चैत ६, २०७७ १४:७

कस्ताे हाेला आईफोन १३ ?

काठमाडौं । आईफोन १२ सार्वजनिक भएको ६ महिना पुरा भएको छैन । यसैले अहिले नै एप्पलको नयाँ आईफोनको बारेमा कुरा गर्नु केही हतारजस्तो लाग्न सक्छ । तर एप्पलले आफ्नो नयाँ आईफोन १३ मा काम सुरु गरिसकेको खबर बाहिर चल्न थालेकाे छ ।

बाहिर चलेकै हल्लाले त आईफोन १३ मा कम्पनीले ल्याउने नयाँ फिचरहरुको बारेमा आधिकारिक जानकारी प्रदान गर्न सक्दैन । त्यसैले आज हामी तपाईंहरुलाई केही आधिकारिक स्रोतबाट प्राप्त छिटफुट विवरणका बारेमा बताउने छौं । 

फोनको परिचय 

यस फोनलाई धेरैले आईफोन १३ भनेर विज्ञापन गरेपनि यो आईफोन १३ वा आईफोन १२ एस हो भन्नेबारे कुनै स्पष्ट भएको छैन ।

आईफोनले यसअघि पनि फोनको डिजाइन, हार्डवेयर र नामलाई परिवर्तन गर्न टिक-टक अप्रोचको प्रयोग गर्दै आइरहेको छ । उदाहरणका लागि उसले आईफोन ६ पछि आईफोन ६ एस सार्वजनिक गरेको थियो । यसबीच उसले यसपटक पनि एस सिरिज थपेमा कुनै अनाैठाे मान्नुपर्दैन ।

तर जेसुकै भएपनि एप्पलका सीईओ टिम कुक आफैं बाहिर आएर हामीलाई नबताएसम्म हामी यस फोनलाई आईफोन १३ कै नाम दिने छौं । 

कहिलेसम्म उपलब्ध होला ?

यो फोन यसै वर्षको तेस्रो त्रैमासिकसम्म उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । विशेषगर सेप्टेम्बर र अक्टोबर सही समय हुन सक्छ । 

कति मूल्य पर्न सक्छ ?

मूल्यलाई अहिले नै आँकलन गर्न सकिन्न । तर यो मूल्य आईफोन १२ को भन्दा धेरै नहुने आशा गर्न सकिन्छ । एप्पलले मूल्य वृद्धिमा ध्यान देला भनेर अपेक्षा गरिएको छैन । अझ बेस स्टोरेज मोडलमा त यो उसले कदापि गर्ने छैन । 

कस्तो देखिन्छ होला आईफोन १३ ?

आईफोन १२ सार्वजनिक गरेसँगै एप्पलले आईफोनको समग्र लुक्समा नै व्यापक परिवर्तन ल्याएको छ, जसमा उसले फ्ल्याट एज डिजाइनलाई नै विस्थापन गरिदिएको छ । यसैले आईफोन १३ को डिजाइन र लुक्स एप्पलले धेरै परिवर्तन नगर्ला भन्ने अनुमान गर्न सकिन्छ ।

एप्पलले आईफोन एक्स सार्वजनिक गरेदेखि डिस्प्लेको माथि भएको फेस आईडी नोचको आकार पनि घटाउँदै लगिरहेको छ । यसैले नयाँ मोडलमा यसकै आधारमा केही लुक्समा परिवर्तन आउन सक्ला ।

नयाँ रङ्गबाहेक डिजाइनकै आधारमा यसमा धेरै परिवर्तनको आशा नगरेकै बेस होला । 

कस्तो फिचर र स्पेसिफिकेशन आउला त ?

फिचर र स्पेसिफिकेसनकाे कुरा गर्दा अहिले एप्पलले नयाँ आईफोनको केमा काम गर्दैछ, कसरी गर्दैछ भन्ने रिपोर्टहरु बाहिर आइरहेका छन् । तर यी सबै पूर्णरुपमा विश्वासिला भने छैनन् । 

उदाहरणका लागि गत वर्ष एप्पलले १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले सार्वजनिक गर्ने हल्ला चलेको थियो । तर एप्पलले हालसम्म त्यो पुरा गरेको छैन । यसैले यसपालीको फोनमा त्यो गर्छ नै भन्ने कुनै निश्चित छैन ।

एप्पल अझै पनि फास्ट डिस्प्लेमाथि काम गरिरहेको हुनाले सम्भवतः यो नयाँ आईफोनको लागि पनि हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

यस्तै अब एप्पलले आफ्नो आईफोनको तल्लो भागमा राखिने लाइटनिङ पोर्ट हटाउने हल्ला पनि बाहिर चलेकाे छ । यसको सट्टा उसले म्यागसेफ टेक्नोलोजी प्रयोग गरी फोनलाई चार्ज तथा डेटा सिङ्क गर्ने बताइएको छ ।

अर्को सम्भावना भनेको एप्पलले लाइटनिङ पोर्ट हटाएर त्यसको सट्टा यूएसबी-सी पोर्ट पनि प्रयोग गर्न सक्छ जुन यसको म्याकबुक, आईप्याड एयर र आईप्याड प्रो लाइनमा पनि छन् ।

यस्तै अर्को खबर अनुसार यसमा एप्पलको टच आईडी, फिङ्गरप्रिन्ट सेन्सर पुनः फर्केर आउन सक्ने सम्भावना छ । फोर्थ जेन आईप्याड एयरमा जस्तै होम बटनमा इमबेड हुनुको सट्टा अब यो साइड बटनमा वा डिस्प्ले मुनी जान सक्छ । तर जुनसुकै अप्सनहरु स्वागतयोग्य छन् । 

जेडडी नेटबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१