close

विश्वभर ह्वाट्सएप डाउन हुँदा सिग्नलकाे व्यङ्ग्य, फेरि बढे प्रयाेगकर्ता

टेकपाना टेकपाना

चैत ७, २०७७ १९:३८

विश्वभर ह्वाट्सएप डाउन हुँदा सिग्नलकाे व्यङ्ग्य, फेरि बढे प्रयाेगकर्ता

काठमाडौं । केही महिनाअघि ह्वाट्सएपले आफ्नो गाेपनीयता नीति अद्यावधिक गरेपछि उसका धेरै प्रयोगकर्ता सिग्नलमा सरेका थिए । जसले ह्वाट्सएपमाथि ठूलै धक्का पुर्‍याएको थियाे ।

यो क्रम केही समयपछि थाेरै मत्थरजस्तो भएको थियो । तर शुक्रबार राति फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा आधा घण्टासम्म विश्वभर डाउन भएपछि सिग्नलमा प्रयोगकर्ता संख्या पुनः उकालो लाग्न सुरु भएको छ ।

ह्वाट्सएप र इन्स्टाग्रामको सेवा एक्सेस नभएको खबर बाहिर आएको केही मिनेटमै सिग्नलले आफ्नो ट्वीट ह्याण्डल मार्फत युजर्स साइनअपको संख्या ह्वात्तै बढेको जानकारी गराएको थियो ।

साथै सिग्नलले ह्वाट्सएपलाई व्यङ्ग्य गर्दै थप केही हप्ता सेवा अवरुद्ध हुने आफूले अपेक्षा गरेको ट्वीटमा लेखेको थियो ।

एक वर्षभित्र युजर रजिस्ट्रेसन संख्यामा एकाएक वृद्धि भएको यो दोस्रोपटक हो । प्रयोगकर्ता संख्यामा वृद्धि भएपछि कम्पनीले नयाँ कर्मचारीसमेत भर्ना गरेको थियो ।

दुई हप्तामा भारतमा मात्र यस एपलाई २ करोड ६४ लाख पटक डाउनलोड गरिएको थियो । तर, यो एप हाल इरान र चीनमा प्रतिबन्धित छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१