close

आईएमई पे बन्यो नेपालक्यूआरमा जाने पहिलो वालेट, अब सबै क्यूआरमा भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत ९, २०७७ १२:२४

आईएमई पे बन्यो नेपालक्यूआरमा जाने पहिलो वालेट, अब सबै क्यूआरमा भुक्तानी गर्न सकिने

काठमाडौं । आईएमई पेले क्यूआर इन्टरअपरेबिलिटी कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले जारी गरेको नेपालक्यूआर कोडसँग सम्बन्धित नयाँ कार्यविधिमा तोकिए बमोजिम कम्पनीले आफ्नो प्लेटफर्ममा सम्पूर्ण क्यूआर कोड सपोर्ट गर्ने बनाएको हो ।

यससँगै आईएमई पे क्यूआर कोडमा इन्टरअपरेबिलिटी कार्यान्वयनमा ल्याउने पहिलको वालेट बनेको छ । कम्पनीको यो निर्णयसँगै आईएमई पेका प्रयोगकर्ताले बजारमा उपलब्ध आईएमई पे, फोन पे, स्मार्ट क्यूआर र युनियन पेका क्यूआरमा स्क्यान गरी बिना झन्झट भुक्तानी गर्न सक्ने भएका छन् ।

यो सुविधा केही दिन अघिबाट मात्रै सञ्चालनमा आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले बताए । उनका अनुसार यसअघिसम्म प्रयोगकर्ताले आईएमई पेले उपलब्ध गराएको क्यूआरमा मात्रै भुक्तानी गर्नुपर्ने अवस्था थियो ।

यसले प्रयोगकर्तालाई असहज भएको भन्दै कम्पनीले इन्टरअअपरेबिलिटी कार्यान्वयनमा ल्याएको हो । त्यसका लागि कम्पनीले फोन पे, स्मार्ट क्यूआर र युनियन पे लगायतका कम्पनीसँग सम्झौता गरिसकेको नाहाटाले बताए । सम्झौता सँगै आईएमई पेमार्फत हरेक क्यूआरमा भुक्तानी गर्न सकिने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१