close

अब २०० भन्दा बढी देशबाट ईसेवामा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

चैत ९, २०७७ १५:१३

अब २०० भन्दा बढी देशबाट ईसेवामा पैसा पठाउन सकिने

काठमाडौं । अब विश्वका दुई सयभन्दा बढी देशबाट ईसेवा मनी ट्रान्सफरमा पैसा पठाउन सकिने भएको छ । मनिग्राम इन्टरनेसनल र ईसेवा मनी ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएसँगै २०० भन्दा बढी मुलुकको रेमिट्यान्स ईसेवामै पठाउन सकिने भएको हो ।

सम्झौतासँगै मनीग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ । साथै निकट भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विप्रेषण ईसेवा मनी ट्रान्सफरका देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ ।

त्यतिमात्रै नभएर ईसेवाले छिट्टै मनिग्राम मार्फत ईसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने सकिने व्यवस्था गर्ने जनाएको छ । मनिग्राम र ईसेवा मनि ट्रान्सफरको यो साझेदारीबाट धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, यूरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकका सेवाग्राहीलाई रकम पठाउन थप सहज हुने अपेक्षा कम्पनीको छ ।

‘मनिग्रामसँगको सहकार्यले गर्दा हामीलाई विश्वभर फैलिएर रहेको नेपाली आप्रवासीको ठूलो समूहमा पुग्न मद्दत पुगेको छ,’ ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘यसले नेपालीलाई नेपालमा पैसा पठाउने भरपर्दो माध्यम समेत बनाएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१