close

राष्ट्रिय फ्रिक्वेन्सी नीति आउँदै

टेकपाना टेकपाना

चैत १०, २०७७ ८:१८

राष्ट्रिय फ्रिक्वेन्सी नीति आउँदै

काठमाडौं । सरकारले रेडियो फिक्वेन्सीमा देखिएको समस्या समाधानका निम्ति ‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ निर्माण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय नीतिका लागि गृहकार्य थालिएको जानकारी दिएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २० औँ स्थापना दिवसका अवसरमा साेमबार आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तरक्रियामा उनले रेडियो फ्रिक्वेन्सीमा देखिएको समाधाका लागि नीतिगत पहल थालिएको बताएका हुन् ।

सामुदायिक रेडियोको हकहितका लागि छाता सङ्गठनका रुपमा २०५७ साल चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जिल्लामा फैलिएको छ । संस्थाको सदस्यका रुपमा ३६० सामुदायिक रेडियो छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१