काठमाडौं । सोमबार साँझ विश्वभरका एन्ड्रोइड एप प्रयोगकर्ताहरुले एकाएक एप क्र्यासको सामना गर्नुपर्यो । जीमेल, गुगल, विभिन्न बैंकिङ एप तथा एन्ड्राेइड एपहरु अप्रत्याशित रुपमा बन्द भए ।
मंगलबार गुगलले उक्त एप क्र्यासको घटनालाई स्वीकार गर्दै त्यसको सम्बन्ध वेबभ्यु एपसँग रहेको पुष्टि गरेको छ । बगले वेबभ्यु सिस्टम कम्पोनेन्टलाई प्रयोग गरेर सम्पूर्ण एन्ड्रोइड एपलाई प्रभावित पारेको थियो ।
वेबभ्युमा खराब अपडेट ल्याएको कारण सम्पूर्ण एन्ड्रोइड एपहरु क्र्यास भएको कम्पनीले पुष्टि गरेको छ ।
एन्ड्रोइड सिस्टम वेबभ्यु एउटा सिस्टम एप हो, जसले एपभित्र क्रोमजस्तै रेन्डरिङ प्रदान गर्दछ । डेभलपर तथा इन्ड यूजरका अनुसार याे सिस्टम एपभित्र धेरै एरर देखापरेका थिए ।
यदि प्रयोगकर्ताहरु अझै पनि यो समस्यासँग जुधिरहेका छन् भने एन्ड्रोइड सिस्टम वेबभ्युको लेटेस्ट अपडेटलाई गुगल प्लेस्टोरमा गएर अनइन्स्टल गर्नुपर्छ । त्यसको अपडेटलाई अनइन्स्टल गर्दा यो शान्त भई डिभाइसमा काम गर्न थाल्दछ ।
All of a sudden, loads of Android apps started crashing for me this evening including Amazon Shopping, Gmail. Turns out the culprit is an Android System Webview update. Search for it in the play store and hit uninstall and it fixes the problem. #android#crash#amazon#webview
वेबभ्युलाई अनइन्स्टल गर्न सबैभन्दा पहिले गुगल प्लेस्टोरमा जानुहोस् ।
त्यहाँबाट My apps & games हुँदै Installed मा जानुहोस् ।
यसो गरेपछि एन्ड्रोइड सिस्टम वेबभ्यु इन्स्टल एप्सको सूचीमा देखा पर्दछ । त्यसलाई ट्याप गरी अनइन्स्टल चयन गर्नुहोस् ।
अब आफ्नो एन्ड्रोइड डिभाइसलाई रिबुट गरेर हेर्नुहोस् ।
गुगलले यो समस्यालाई पूर्णरुपमा फिक्स नगरेसम्म वेबभ्युको नयाँ भर्सनलाई रिइन्स्टल नगर्नुहोस् । किनभने वेबभ्यु एउटा महत्वपूर्ण तत्व हो, जसले एपलाई वेब पेजमा डिस्प्ले हुन मद्दत गर्दछ ।