काठमाडौं । फेसबुक म्यासेन्जरमा विशेष किसिमको देखिने म्यासेज पाउनु भयो भने ख्याल गर्नुहोला । ‘आई एम सेन्ड यु अ सरप्राइज म्यासेज’ लेखिएको म्यासेजको पछाडि ‘ओपन दिस’ भनिएको छ ।
होली पर्वको शुभकामना जस्तो देखिने त्यो म्यासेज नखोल्नुहोला । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भइरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् ।
झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ (स्वतः जाने म्यासेज) गइरहेको हुन्छ । यस्तो भाइरसले तपाइको फेसबुक अकाउन्टमा अनधिकृत पहुँच राख्न सक्छ ।
त्यसैले झुक्किएर पनि यस्तो लिङ्क नखोल्नुहोस् । बरु समयमै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन ।
यदि झुक्किएर ‘इन्डियन एमएसजी डटकम’ को लिङ्कमा क्लिक गरिसक्नु भएको छ भने जतिसक्दो चाँडो आफ्नो फेसबुक तथा म्यासेन्जरको पासवर्ड वरिवर्तन गर्नुहोस् ।
यस्तो लिङ्कमा क्लिक गर्दा साइबर आक्रमणकारीले तपाईंलाई लगिङ तथा ट्र्याकिङ गर्नसक्ने साइबर सुरक्षाका जानकारले बताएका छन् ।