close

४५ हजार डलरमा ह्वावेको विद्युतीय कार

टेकपाना टेकपाना

चैत १४, २०७७ १४:१२

४५ हजार डलरमा ह्वावेको विद्युतीय कार

काठमाडौं । चिनियाँ टेक जाइन्ट ह्वावेले विद्युतीय कार निर्माण परियोजनामा काम गरिरहेको छ । याे कारको मूल्य ४५ हजार डलरसम्म पर्ने स्रोतले जनाएकाे छ ।

ह्वावे कम्पनीको यो पहिलो कार पूर्णरुपमा विद्युतीय हुने बताइएको छ । यसअघि ह्वावे आफैंले कार उत्पादन नगर्ने बताएका कारण यो कार कम्पनीको निर्माण साझेदार कम्पनीले बनाउने सम्भावना देखिएको छ ।

विद्युतीय सवारीको कुरा गर्दा ह्वावे स्वचालित बहानजस्ता आधुनिक प्रविधिमा केन्द्रित छ । यसअघि ह्वावेले अटोमोबाइल उद्योगमा हार्डवेयर तथा सफ्टवेयर सोल्युसन आपूर्तिकर्ताको रुपमा काम समेत गरिसकेको छ ।

कम्पनीले हालै आफ्नो ह्वावे मोबाइल सर्भिस एचएमएसलाई चीनमा बिक्री हुने मर्सडिज बेन्ज एस क्लास सेडानमा समेत प्रयोग गर्ने बताएको छ ।

कटिङ एज चिप उत्पादन गर्न नपाएर अहिले ह्वावेको स्मार्टफोन व्यवसाय अन्योलमा परेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१