close

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने महतो पक्राउ

टेकपाना टेकपाना

चैत १४, २०७७ १८:२२

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने महतो पक्राउ

काठमाडौं । अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई, झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरिदिनु भनी ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१