close

गुगलले यसपाली किन मनाएन अप्रिल फूल ?

टेकपाना टेकपाना

चैत १९, २०७७ १२:४३

गुगलले यसपाली किन मनाएन अप्रिल फूल ?

काठमाडौं । गुगलले यस वर्ष अप्रिल फूल डे मनाएन । गत वर्ष २०२० मा पनि गुगललगायत धेरै कम्पनीहरुले अप्रिल फूल डे मनाएका थिएनन् ।

कोभिड १९ को महामारीका कारण गुगलले गत वर्षकाे अप्रिल फूलमा खास केही याेजना ल्याएकाे थिएन । यसपाली पनि काेभिडकै कारण गुगलले अप्रिल फूल मनाएन ।

विश्व अझै पनि महामारीको गम्भीर चुनौतीसँग लडिरहेको अवस्थामा आफूले यस वर्षको अप्रिल फूल डेलाई पनि स्थगित गरेको गुगलको ग्लोबल मार्केटिङ भीपी मार्भिन चाउले एउटा आन्तरिक मिमोमार्फत जानकारी गराएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३