काठमाडौं । भारतको उच्च अदालतले बुधबारको सुनुवाईमा पनि टिकटकको मातृ कम्पनी बाइटडान्सलाई कुनै राहत दिन सकेन ।
भारतको स्थानीय कर प्रशासनले बाइटडान्सका सम्पूर्ण भारतीय बैंक खाताहरुलाई राेक्का गर्ने निर्णय गरेपछि कम्पनीले विरुद्ध भारतको अदालतमा रिट दायर गरेको थियो । तर बुधबार अदालतले बाइटडान्सको मुद्दाको सुनुवाई अप्रिल ६ का लागि सारेको छ ।
कर प्रशासनबाट अब्जेक्सन सुनुवाई भएपछि अदालतले अर्को सुनुवाई मिति ताेकेकाे हाे ।
भारतीय प्रशासनले गत मार्चको मध्यतिर बाइटडान्समाथि कर छलीको आरोप लगाउँदै सम्पूर्ण बैंक खाता बन्द गरिदिएको थियो । भारतीय प्रशासनको त्यस्तो कदमपछि कम्पनीको कार्य सञ्चालनमा बाधा पुगेको थियो ।
यसैक्रममा बाइटडान्सले कम्पनी ‘तुहिन’ थालेको भन्दै कर्मचारीको तलब र भाडा तिर्न कोषको आवश्यकता परेकाले कर प्रशासनको निर्णयलाई उल्टाउन उच्च अदालतसँग अपिल गरेको थियो ।
तर बुधबार आएको अदालतको फैसलाले कम्पनीलाई कुनै पनि किसिमको राहत दिन सकेन । यसैबीच बुधबार एक वक्तव्य जारी गर्दै कम्पनीले आफ्नो वैधानिक अडानमा आफू दृढ रहेको र अदालतको अन्तिम फैसलालाई पर्खिरहेको बताएको छ ।