काठमाडौं । केही हप्ताअघि चलचित्र कलाकारहरुको फेसबुक अकाउन्ट ह्याक गरी रकम माग गर्ने व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीले सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्याई सो अकाउन्टमा जोडिएका साथीहरुसँग रकम माग गर्ने पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ५ बस्ने १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो ।
विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंको आदेशले पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जानकारी दिएको छ ।
ब्यूरोका अनुसार उनीबारे थप अनुसन्धान जारी छ ।
याे पनि पढ्नुहाेस् : कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
