close

नुवाकोटमा पैसासँगै सीसीटिभी चोरी

टेकपाना टेकपाना

चैत २५, २०७७ २१:३७

नुवाकोटमा पैसासँगै सीसीटिभी चोरी

काठमाडौं । सामान्यतया चोरी तथा अपराधका घटनामाथि निगरानी गर्न र त्यस किसिमका गतिविधिलाई नियन्त्रण गर्न सीसीटीभी प्रयोग हुने गरेको छ । तर काठमाडौैंको उत्तर पश्चिमी जिल्ला नुवाकोटमा भने सीसीटीभीको सरसामान नै चोरी भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार पञ्चकन्या गाउँपालिका २ पुरानो डाँडास्थित वडा नम्बर २ को कार्यालय भवनबाट मंगलबार राती सीसीटिभी मनिटर सहितका सामग्री र ५३ लाख ३२ हजार रुपैयाँ चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस घटनामाथि थप अनुसन्धान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१