close

आईफोनमा यसकारण प्रयोग गर्नुहुन्न क्रोम ब्राउजर

टेकपाना टेकपाना

चैत २९, २०७७ १४:१४

आईफोनमा यसकारण प्रयोग गर्नुहुन्न क्रोम ब्राउजर

काठमाडौं । यदि तपाईं ती अर्बौं क्रोम प्रयोगकर्तामध्ये एक हुनुहुन्छ भने आजैबाट यसको प्रयोग गर्न छाडी दिनुहोस् । अझ एप्पल डिभाइस प्रयोगकर्ता हुनुहुन्छ भने त गुगलको ब्राउजर प्रयोग गर्नु अझै धेरै हानिकारक छ ।

स्टार्कको नयाँ डेटा डिस्क्लोजरले क्रोमको ‘डर लाग्दो’ वास्तविकताका बारेमा हामीलाई बताएको छ । जसमा क्रोमले एउटा नयाँ ट्रयाकिङ प्रविधि प्रयोग गर्दछ, जसले गर्दा प्रयोगकर्ताहरुको गोपनीयतामाथि निकै ठूलो खतरा मडारिरहेको छ ।

बितेका केही सातामा डेटा सुरक्षा र गोपनीयताका विषयलाई लिएर फेसबुकले निकै आलोचना सहनुपर्‍यो । प्रयोगकर्ताहरुको डेटालाई आफूले सञ्चय गरेको कुरामा एप्पलसँग समेत उसको झगडा हुन पुग्यो । तर यही काम अहिले गुगल एकदमै नरम र सुक्ष्म तरिकाले गरिरहेको छ ।

फेसबुकको यो दशा नटरेसम्म गुगलले आफ्नो प्राइभेसी लेबललाई जानी जानी बिलम्ब गर्नेछ र तर पछि उसले आफ्नो फ्लेगसिप क्रोम ब्राउजरमा महत्वपूर्ण नयाँ परिवर्तन ल्याउने छ ।

गुगलले आफूले ‘प्राइभेसी फर्स्ट’ वेब चाहेको बताएको छ । सतहमा यसले ती घातक कुकिजहरुको अन्त्य गरिदिनेछ र क्रस साइट ट्रयाकिङलाई पनि बन्द गरिदिनेछ । जुन गोपनीयता संरक्षणको दिशातर्फ उसको महत्वपूर्ण कदम हुनेछ । तर गुगलले सतहमा जे देखाए पनि उसको वास्तविकता भनेको सधै पैसाकेन्द्रित छ, जुन डेटा ड्रिभन एडभर्टाइजिङसँग सम्बन्धित छ ।

डेटा हार्भेस्टिङको मामिलामा टेक उद्योगका सबैभन्दा ठूला खेलाडी भनेकै गुगल र फेसबुक हुन् । दुवै कम्पनीले आफ्नो अधिकांश आम्दानी विज्ञापनबाटै कमाइरहेका हुन्छन् । गुगलले सय अर्बभन्दा धेरै आम्दानी विज्ञापनबाटै गरेको कुराले यसलाई प्रमाणित गरिदिन्छ ।

यो कुरा त तब स्पष्ट भएको थियो, जब गुगलले एप्पल एप स्टोरमा क्रोमका लागि प्राइभेसी लेबल सार्वजनिक गर्‍यो । गुगल ब्राउजरले सफारी, एज वा फायरफक्सको तुलनामा धेरै डेटा संकलन गर्दछ ।

गत महिना पहिलो प्राइभेसी केन्द्रित ब्राउजर डकडकगोले समेत गुगलले प्रयोकगर्ताको गोपनीयता संरक्षणलाई वास्ता नगर्ने चेतावनी दिएको थियो । उनीहरुले मात्र आफ्नो निगरानीको व्यवसायिक मोडललाई वास्ता गर्छन् । यदि उनीहरु गोपनीयताबारे थोरै मात्र पनि गम्भीर हुन्थे भने अर्बौं मानिसहरुको अनलाइन निगरानी बन्द हुने थियो ।

कुनै पनि ब्राउजर चयन गर्नु भनेको एकदमै व्यक्तिगत विषयगत कुरा हो । यसको प्रयोग, गति, फिचर, सिमलेस क्रस प्लेटफर्म, विकल्प र अन्य धेरै तत्वहरु हामी पहिले बुझ्छौं । यी सबै फिचरको मामिलामा उत्कृष्ट यूजर एक्सपिरियन्स प्रदान गर्ने ब्राउजरमध्ये क्रोमले अग्रस्थानमै आउँछ ।

तर एप्पल र माइक्रोसफ्ट जसरी गुगलले आफ्नो आम्दानी सामग्री बिक्री गरेर कमाउँदैन । यसले त तपाईं हाम्रो डेटा, र टार्गेटिङ एडहरुबाट कमाउने गर्छ ।

तर अहिले डेटा माइन गर्दै पनि गुगल तपाईं हाम्रो गोपनीयतालाई संरक्षण गर्ने प्रतिबद्धता दिइरहेको छ । यो कुरा हाम्रो लागि निकै नै दुविधाजनक छ ।

गुगलले अहिले कुकिजलाई फेडेरेटेड लर्निङ अफ कोहोर्ट्स (एफएलओसी) अर्थात् (वेबमा रुचिमा आधारित विज्ञापन इनेबल गर्न सक्ने ब्राउजरको नयाँ तरिका ) बाट बिस्थापन गर्दैछ । जुन कुरा अहिले क्रोम प्रयोकगर्ताहरुको जानकारी बिना नै गुगलले परीक्षण समेत गरिरहेको छ । 

एफएलओसी आधारभूतरुपमा त्यही प्रयोगकर्ताहरुको समूह हो, जसलाई प्रयोगकर्ताको ब्राउजर पछाडि लुकेर रहेको एल्गोरिदमले जज गरिरहेको हुन्छ ।

ती लुकेर बसेका गोप्य एल्गोरिदमहरुले तपाईंले भिजिट गर्ने साइट र तपाईंका अनलाइन गतिविधिहरुलाई ट्रयाक गरी त्यसको जानकारी कुनै समूहलाई पठाउँछ ।

अब गुगलले कुनै पनि अमुक व्यक्तिलाई ट्रयाक गर्दैन, तर उसको रुचिबारे गुगल पूर्णरुपमा जानकार रही ती कुरा अन्य वेबसाइटमा शेयर गर्नेछ । डकडकगोले अब पनि गुगल प्रयोग गर्नु भनेको तपाईंबारे जानकार स्टोरभित्र छिर्नु जस्तै हुने बताएको छ ।

तर गुगलले भने एफएलओसीको बचाउ गर्दै यो प्रयोगकर्ताको गोपनीयताका लागि आजको समयमा प्रयोग भइरहेको क्रस साइट ट्रयाकिङको तुलनामा निकै सुरक्षित हुने बताउँछ ।

तर एफएलओसीलाई लिएर के गडर छ भने कुनै पनि अज्ञात समूह आइडी सजिलै पहिचान भइ त्यो इन्टरप्रिटसमेत भइ प्रयोकगर्ताहरुको आईपी एड्रेस सजिलै क्याप्चर तथा लिङ्क हुनसक्ने खतरा छ । यसरी अब कुनै पनि थर्ड पार्टीले तपाईंको य’निक आईपी एड्रेसलाई अज्ञात एफएलओसीसँग लिङ्क गरी तपाईंबारे आवश्यकता भन्दा धेरै थाहा पाउन सक्ने खतरा बढेको छ । 

फाेर्ब्सबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१