close

गुण्स्तरीय स्मार्टफोनका लागि टीयुभी रायनल्याण्ड प्रमाणपत्र पाउने पहिलो ब्राण्ड बन्यो रियलमी

टेकपाना टेकपाना

चैत ३०, २०७७ ११:३९

गुण्स्तरीय स्मार्टफोनका लागि टीयुभी रायनल्याण्ड प्रमाणपत्र पाउने पहिलो ब्राण्ड बन्यो रियलमी

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ ।

रियलमीले टीयुभी रायनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित संयुक्त रुपमा टीयुभी रायनल्याण्ड उच्च विश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो ।

उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइल फोन रियलमी सी २१/२५ बनेको छ ।

रियलमीले टीयुभी रायनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा लैजाने उद्देश्यका साथ उच्च विश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको जानकारी दिएकाे छ ।

रियलमी नै उच्च विश्वसनीय टीयुभी रायनल्याण्ड प्रमाणपत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्ट्यान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परीक्षण गर्दछ ।

रियलमी र टीयुभी रायनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयुभी रायनल्याण्ड उच्च विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।

टीयुभी रायनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेट्छ ।

यसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट, तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमा आधारित परीक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामा आधारित परीक्षण हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१