close

गुगल पेबाट पैसा तिर्दा ३० डलर पाउन सकिने

टेकपाना टेकपाना

चैत ३०, २०७७ १४:२२

गुगल पेबाट पैसा तिर्दा ३० डलर पाउन सकिने

काठमाडौं । गुगल पेले आफ्ना प्रयोगकर्ताका लागि १० दिनको स्प्रिङ च्यालेन्ज कन्टेस्ट सार्वजनिक गरेको छ ।  यस च्यालेन्जमा सहभागी हुने प्रयोगकर्ताहरुले ३० डलरसम्मको पुरस्कार जित्नसक्ने छन् ।

सोमबार अर्थात् १२ अप्रिलदेखि लाइभ भएको यस च्यालेन्जमा आधारभूत गाइडलाइनहरु कम्पनीले सार्वजनिक गरिसकेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताहरुले स्ट्याम्प कलेक्ट गर्नुपर्ने हुन्छ । पाँचवटा युनिक स्ट्याम्प संकलन गर्ने प्रयोगकर्ताहरुले ३० डलरको रिवार्ड जित्नसक्ने छन् । जसमा प्रत्येक स्ट्याम्प रोबिन, बियर, एलिगेटर, इल्क र फक्सका रहने छन् ।

स्ट्याप साथीहरुलाई गुगल पेमार्फत पैसा तिर्दा, अफरहरु रिडिम गर्दा, गुगल पेबाट कारोबार सम्पन्न गर्दा, उक्त एपबारे साथीभाइलाई रिफर गर्दा र आफ्नो अकाउन्टमा इन्साइट्सहरु एक्टिभेट गर्दा तपाईंहरुले स्टाम्प कलेक्ट गर्न सक्नुहुन्छ ।

यदि तपाईंले यस क्रममा आवश्यकताभन्दा धेरै स्ट्याम्प संकलन गर्नुभयो भने अतिरिक्त स्ट्याम्प आफ्ना साथीहरुलाई पनि दिन सक्नुहुन्छ । आफूसँग भएका डुप्लिकेट स्ट्याम्प डोनेट गर्न सकिने सुविधा गुगल पेले दिनेछ ।

प्रत्येक दिनका लागि गुगल पे एपले एउटा एक्सन सेट तयार गरेको हुन्छ । ती काम गरेर तपाईंले स्ट्याम्प संकलन गर्नुपर्ने हुन्छ । नियमअनुसार प्रत्येक दिन टास्क परिवर्तन हुनेछन् । कतिवटा टास्कलाई पुरा गर्न दोहोर्‍याउनु पर्छ ।

उक्त स्प्रिङ च्यालेन्जमा गुगलसँग २० हजार रिवार्डको सीमितता छ, जुन १० दिन अगाडि नै पनि सकिन सक्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१