close

नेपालमा दूरसञ्चारको विकास ‘लिपफ्रग’ को स्पिडमा

टेकपाना टेकपाना

चैत ३०, २०७७ १६:५८

नेपालमा दूरसञ्चारको विकास ‘लिपफ्रग’ को स्पिडमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले नेपालमा पछिल्लो समय दूरसञ्चार क्षेत्रकाे विकास तीव्र भइरहेकाे बताएका छन् ।

सोमबार टेकपानाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रंखलाअन्तर्गत पहिलो कार्यक्रममा बोल्दै अध्यक्ष खनालले दक्षिण एसियाली मुलुकको दाँजोमा नेपालको विकास ‘लिपफ्रग’ काे स्पिडमा रहेको बताए ।

‘०७२ सालको भूकम्पपछि भूकम्प प्रभावित जिल्लाहरूमा जसरी ब्रोडब्याण्ड प्रसार गर्‍यौं, त्यसले उद्धार समन्वयमा प्रगति र चाँडो तथ्याङ्क हासिल गर्नसक्नु स्मरणीय छ,’ उनले भने ।

नेपालमा पनि अहिले एआई, आईओटी ब्लकचेन, फाइभजी तथा स्मार्ट सीटीमा योजनावद्ध कार्यक्रम सुरु भएको उनले बताए ।

‘हामी अहिले फाइभजी परीक्षणलाई अघि बढाउने दिशामा छौं । यो मोबाइल जनेरेसनको मात्र अपग्रेड होइन । इन्डस्ट्री र विजनेस मोडलाई नै नाटकीय परिवर्वत ल्याउन यसले भूमिका खेल्नेछ,’ उनले भने ।

सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत नेपालका इन्टरनेट सेवाप्रदायकहरूले लगानी गरिरहेको बताउँदै उनले कोभिड कोभिड १९ ले सिर्जित वर्क फ्रम हाेम र डिस्ट्यान्स लर्निङका लागि याे क्षेत्रले महत्वपूर्ण याेगदान दिएकाे भनाइ राखे ।

लाइभ भिडियाे

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१