close

नेपालमा डलर कार्ड कसरी लिने ?

टेकपाना टेकपाना

चैत ३१, २०७७ २१:४०

नेपालमा डलर कार्ड कसरी लिने ?

काठमाडाैं । नेपालबाटै अमेजन र नेटफ्लिक्सजस्ता प्लेटफर्मका लागि डलर भुक्तानी गर्न सकिने सुविधा सुरू भएकाे छ ।

नेपाल राष्ट्र बैंकले केही साताअघि सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्र बैंककाे याे कदमपछि विभिन्न बैंकले डलर कार्ड जारी गर्न थालेका छन् । ग्राहकले ५ सय डलर बराबरको प्रिपेड कार्ड लिन पाउँछन् । यसमार्फत सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारकाे डलरमा भुक्तानी गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१