close

भोलिदेखि दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा

टेकपाना टेकपाना

बैशाख १, २०७८ १४:५९

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय जमलमा सरेको छ ।

कमलादीमा रहेको कार्यालय सांस्कृतिक संस्थान (राष्ट्रिय नाँचघर) को जमलस्थित व्यापारिक भवनमा सरेको हो ।

‘वैशाख २ देखि कार्यालयका काम कारबाहीहरु जमलस्थित कार्यालयबाट नियमित सञ्चालन हुने हुँदा कार्यालय सर्ने क्रममा सेवाग्राही तथा सरोकारवालाहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थि छाैं’, प्राधिकरणको सूचनामा उल्लेख छ ।

जमलस्थित सांस्कृतिक संस्थानको भवनमा रहेकाे कार्यालयका लागि नेपाल दुरसञ्चार प्राधिकरणले मासिक प्रतिवर्ग फिट ७० रुपैयाँ भाडा दर कायम हुने गरी सम्झौता गरेकाे हो ।

संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । 

सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने उल्लेख छ । १० वर्षे नयाँ सम्झौताअनुसार आव २०८७।८८ मा संस्थानले प्राधिकरणबाट तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

No description available.

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ ५:५४