close

‘सके नेपालमै प्रविधि विकास गर्छौं, नसके बाहिरबाट ल्याउँछौं’

टेकपाना टेकपाना

बैशाख २, २०७८ १४:१७

‘सके नेपालमै प्रविधि विकास गर्छौं, नसके बाहिरबाट ल्याउँछौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै प्रविधिको विकास गरी डिजिटल नेपाल निर्माणमा सरकार जुटेको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को आकांक्षलाई पुरा गर्न सरकारले हरेक क्षेत्रलाई डिजिटाइज गर्न प्रयास गरिरहेको बताए ।

अनलाइनबाटै नक्सा प्रिन्ट गर्न, राजश्व तिर्न सकिने प्रणाली मेरो कित्ताको उद्घाटन गर्दै ओलीले देशको आधुनिक दिशामा अघि बढिरहेकाे भनाइ राखे ।

‘मेरो कित्ता कार्यक्रमको तत्कालको उद्धेश्य लेस फेस, लेस पेपर र क्यासलेस रहेको छ । नापीको क्षेत्रमा मात्रै नभई हरेक क्षेत्रमा हामीले डिजिटलाइज गर्न चाहन्छौं,’ उनले भने ।

उनले अगाडि भने, ‘हाम्रा उद्धेश्य पुरा गर्न नयाँ प्रविधिको विकास आफैंले गर्छौं, सकेनौं भने टेक्नोलोजी ट्रान्सफर गर्छौं । अरुको टेक्नोलोजी पनि हामी ल्याउँछौं ।’

आधुनिकताका लागि हरेक क्षेत्रमा प्रविधि चाहिने बताउँदै उनले भने, ‘हाम्रो यतिबेला २ वटा कुरामा जोड छ । एउटा, देशमा इन्भेस्टमेन्ट भित्र्याउने र अर्काे, प्रविधि ल्याउने । यी दुईवटा कुराबाहेक हामी अरु कुराको आयातमा विश्वास राख्दैनौं । तर हामीले अहिले धेरै कुरा आयात गरिरनु परेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१