close

पृथ्वीमा भएको परिवर्तन देखाउन गुगल अर्थको ‘टाइम ल्याप्स’ फिचर

टेकपाना टेकपाना

बैशाख ३, २०७८ ११:२१

पृथ्वीमा भएको परिवर्तन देखाउन गुगल अर्थको ‘टाइम ल्याप्स’ फिचर

पृथ्वीमा बिगत ३७ वर्षदेखि भइरहेको परिवर्तन देखाउने गरी गुगल अर्थले टाइम ल्याप्स फिचर सुरु गरेको छ । यो फिचरले पृथ्वीमा यो समयावधिमा कसरी परिवर्तन भइरहेको छ भनेर बुझ्न सघाउने गुगल अर्थले जनाएको छ ।

करोडौं स्याटलाइट तस्विरहरु समावेश गरी तयार पारिएको यो फिचरले कुनै स्थानमा समयानुसार आएको परिवर्तन देखाउनेछ । यो फिचरले नयाँ पुस्तालाई पृथ्वीमा विकासको नाममा भएको उतारचढाव र वातावरणीय क्षति समेत देखाउन सहयोग पुग्ने गुगल अर्थले जनाएको छ ।

टाइम ल्याप्स फिचरको लागि २ करोड ४० लाख भन्दा बढी फोटोहरु प्रयोग गरिएको छ । यो फिचरको लागि तयार पारिएको भिडियो संसारकै ठूलो भिडियो प्रोजेक्ट भएको कम्पनीको दाबी छ ।

प्रयोगकर्ताले यो लिंकमा गएर आफ्नो ब्राउजरमार्फत गुगल अर्थको नयाँ फिचर प्रयोग गर्न पाउनेछन् ।

यो फिचरमा आफूले चाहेको स्थान खोजेर त्यसमा समय अनुसार आएको परिवर्तनको दृश्य हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१