close

जेठदेखि क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स

टेकपाना टेकपाना

बैशाख ५, २०७८ ११:२७

जेठदेखि क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स

काठमाडौं । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले आउँदो जेठदेखि छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेकाे सुरूकाे एक वर्ष अवधिका लागि छुट्टै कार्ड जारी गर्न लागेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले क्यूआर कोडसहितको छुट्टै पीभीसी कार्ड ल्याउन लागेको जानकारी दिए । ‘एक वर्षको परीक्षण अवधिका लागि अब छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेका छौं,’ उनले भने ।

उनका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

ट्राफिकले क्युआर कोडका आधारमा चालककाे लाइसेन्स जाँच गर्ने बताउँदै उनले भने, ‘कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन्।’

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१