काठमाडौं । गत बिहीबार टेकपानाले दराजमा स्पिकर अर्डर गर्दा महिलाको ‘ब्रा’ डेलिभर ! शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचारबाट ग्राहकको समस्या ध्यानाकर्षण गराएको भन्दै दराजले धन्यावाद दिएको छ ।
‘हामीले यस समस्याको सम्बन्धमा ग्राहक कृष्ण आचार्यलाई सम्पर्क गरिसकेका छौं र सही सामान डेलिभर गरिसकेका छौं,’ दराजले भनेको छ, ‘ग्राहकले आफ्नो फेसबुक पोस्ट पनि डिलिट गरी सक्नुभयो । हामी तपाईंको टिम साथै तपाईंका पाठकहरूलाई आश्वस्त पार्न चाहन्छौं कि हामी यस समस्या र यस्तै खाले समस्यालाई घटाउने र केहि गरी समस्या परेमा छिटो सम्बोधन गर्ने प्रयत्न गरी नै रहने छौं ।’
आफ्ना ग्राहकले यस्ताे समस्या सामना गर्न नपराेस् भन्नेमा सतर्क रहेकाे उल्लेख गर्दै कम्पनीले दुर्भाग्यवश केही ग्राहकहरूले त्यस्ता समस्याको सामना गर्नु परेमा, उनीहरुलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्ने जनाएकाे छ ।