close

बैंकबाट पीडित हुनुहुन्छ ? यसरी दर्ता गर्नुहोस् गुनासो

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १८:१०

बैंकबाट पीडित हुनुहुन्छ ? यसरी दर्ता गर्नुहोस् गुनासो

काठमाडौं । सेवाग्राहीको बैंकिङ गुनासो सुन्न नेपाल राष्ट्र बैंकले अनलाइन पोर्टल जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका बैंक तथा सम्पूर्ण वित्तीय सेवाप्रदायकका सेवाग्राहीहरुले उक्त पोर्टलमा आफ्नो गुनासो सुनुवाई तथा विवाद समाधानका लागि आफ्नो कुरा राख्नसक्ने छन् ।

वित्तीय संस्थाबाट असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेवारी, लापरवाही, ठगी, झुटा तथा गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोबारजस्ता नकारात्मक व्यवहार भएको अवस्थामा पोर्टलमा उजुरी गर्नसक्ने छन् ।

पोर्टलले ग्राहकहरुको हित संरक्षण, संस्थाको जवाफदेहिता र पारदर्शिताजस्ता विषयहरुलाई सम्बोधन गर्न सहयोग गर्नेछ । 

यस्तो छ गुनासो दर्ता गर्ने तरिका 

१. गुनासो दर्ता गर्नुहाेस्, यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

२. गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर ईमेलमार्फत प्राप्त हुनेछ । 

३. गुनासो दर्ता नम्बर पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने छ । 

४. पोर्टल दर्ता भएको गुनासोको अन्तिम निर्णयको जानकारी ईमेलमार्फत हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१