close

जापानले ल्यायो ५ मिनेटमै कोरोना संक्रमणको जाँच गर्ने प्रविधि

टेकपाना टेकपाना

बैशाख ७, २०७८ १३:१०

जापानले ल्यायो ५ मिनेटमै कोरोना संक्रमणको जाँच गर्ने प्रविधि

काठमाडाैं । जापानका अनुसन्धानकर्मीहरूले पाँच मिनेटमै कोभिड- १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि ल्याएका छन् ।

जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोका अनुसन्धानकर्मीहरूले काेभिड जाँचका लागि नयाँ प्रविधिकाे विकास गरेकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

जापानलगायत अहिले अधिकांश देशमा पीसीआर टेस्ट नै प्रचलनमा छ । तर यस्ताे प्रविधिबाट रिपाेर्ट थाहा पाउन कम्तीमा एक घण्टा लाग्छ ।

जापानी अनुसन्धानकर्मीहरूले विकास गरेकाे नयाँ प्रविधिबाट काेभिड संक्रमण जाँचकाे ५ मिनेटभित्रै रिपाेर्ट देखाउने उल्लेख गरिएकाे छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१