close

घरमै बसी १ घण्टामा डिम्याट खाता

टेकपाना टेकपाना

बैशाख ९, २०७८ १८:३३

घरमै बसी १ घण्टामा डिम्याट खाता

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले घरमै बसी एक घण्टामा डिम्याट खाता खोल्ने सुविधा सुरू गरेको छ ।

‘एक नेपाली, एक डिम्याट खाता’ अभियान अन्तर्गत क्यापिटलले घरमै बसी डिम्याट खाता खाेल्न सक्ने सुविधा सुरूवात गरेकाे हाे ।

आगामी असार मसान्तसम्म ग्राहकलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने बताइएकाे छ । एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट गएर ताेकिएकाे विवरण भरी एक घण्टाभित्रै डिम्याट खाता नम्बर प्राप्त गर्न सकिन्छ ।

एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्गसम्बन्धी सेवाहरु सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१