close

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएर आफ्नै स्पेस स्टेसन बनाउँदै रुस

टेकपाना टेकपाना

बैशाख १०, २०७८ १३:३४

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिएर आफ्नै स्पेस स्टेसन बनाउँदै रुस

काठमाडौं । अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट रुस बाहिरिने भएको छ । रसियाले सन् २०३० सम्म अन्तरिक्षमा आफ्नै स्टेसन बनाउने तयारीका साथ यस्तो योजना अगाडि बढाएको हो ।

यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रस्कोमस स्पेस एजेन्सीलाई अघि बढ्न स्वीकृति समेत प्रदान गरेका छन् । यो परियोजनाले विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) सँगको रुसको सम्बन्ध अन्त्य हुने जनाइएको छ ।

‘यदि योजना अनुसार काम भएको खण्डमा यो परियोजना सन् २०३० सम्म सम्पन्न हुनेछ,’ रस्कोमस स्पेस एजेन्सीका प्रमुख डिमिट्र रोगोजिनले भनेका छन्, ‘त्यसपश्चात हामीले त्यसलाई अर्विटमा राख्नेछौं । जसले विश्व स्पेसमा नयाँ आयाम कायम गर्ने छ ।’

रसियाले सन् १९९८ देखि आईएसएससँग काम गर्दै आएको छ । जुन मस्को र वासिङटन डीसीबीच भएको आजसम्मकै नजिकको सहकार्य थियो ।

साथै उनले सन् २०२५ मा रसियाका टिभी लगायतका अन्य सेवा प्रदायकलाई आईएसएस छाड्ने जानकारी दिइने बताए । त्यसपश्चातको पाँच वर्षको समय उनीहरुका लागि आवश्यक कदम चाल्न पर्याप्त हुने उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१