close

एनसीएचएलमा जोडियो सानिमा लाइफ इन्स्योरेन्स, अब अनलाइनबाटै प्रिमियम भुक्तानी

टेकपाना टेकपाना

बैशाख १०, २०७८ १५:१४

एनसीएचएलमा जोडियो सानिमा लाइफ इन्स्योरेन्स, अब अनलाइनबाटै प्रिमियम भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा जोडिएको छ । यससँगै सानिमा लाइफ इन्स्योरेन्सको बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबार अनलाइनबाटै गर्न सकिने भएको हो ।

एनसीएचएलका अनुसार इन्स्योरेन्सको कारोबार रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सकिने छ । दुवै संस्थाबीच यसका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा सानिमा लाइफको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सानिमा लाइफका बीमितले आफ्नो बीमा (प्रिमियम) शुल्कको अनलाइन भुक्तानी कनेक्ट आईपीएसको वेब पेज तथा मोबाइल एप तथा सदस्य बैंक वित्तीय संस्थाको शाखाबाट गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१