close

ब्राण्ड र क्रियटरका लागि ट्वीटरमा प्रोफेसनल प्रोफाइल फिचर

टेकपाना टेकपाना

बैशाख १०, २०७८ २१:३२

ब्राण्ड र क्रियटरका लागि ट्वीटरमा प्रोफेसनल प्रोफाइल फिचर

काठमाडौं ।  ट्वीटरले आफ्नो नयाँ ‘प्रोफेसनल प्रोफाइल’ को लाइभ परीक्षणलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । यससँगै अब ब्राण्डहरुले ट्वीटर प्लेटफर्ममा आफूलाई प्रस्तुत गर्ने पृथक बाटो पाउने छन् ।

जहाँ ब्राण्डलाई आफ्नो प्रयोजनको लागि आवश्यका डेटिकेटेड फिचर र टुल पनि उपलब्ध हुनेछन् ।नयाँ प्रोफेसनल प्रोफाइलको बारेमा ट्वीटरले लेखेको छ, ‘ट्वीटरलाई कामका लागि प्रयोग गर्ने व्यावसायिक, गैर नाफामूलक, प्रकाशक तथा कृयटरहरुका लागि प्रोफेसनल प्रोफाइल वास्तवमा एउटा नयाँ टुल हो ।

संस्थाहरुले प्रोफाइलमा आफ्नो व्यवसायको विशेष जानकारी तथा सूचनाहरु प्रत्यक्ष डिस्प्ले गर्न सक्छन् ।’ हालका लागि अमेरिकाको व्यवसायिक संस्थानमाझ यो फिचर रोल आउट गर्ने ट्वीटरले बताएको छ ।

तर आगामी दिनमा यस्तो किसिमको प्रोफेसनल प्रोफाइलको एक्सेस विश्वभर रोलआउट गरिने उसले बताएको छ । तस्वीरमा देखाइए अनुसार यस्तो किसिमको नयाँ प्रोफेसनल प्रोफाइलमा संस्थाको सूचना, लोकेसन एड्रेस, सम्पर्क सूचना सबै कुरा मूख्य प्रोफाइल फ्रेमभित्र राख्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१