close

बाटोमा जाम भयो ? एलन मस्कले गराउँदै छन् अब जमिनमुनी यात्रा

टेकपाना टेकपाना

बैशाख ११, २०७८ १८:३७

बाटोमा जाम भयो ? एलन मस्कले गराउँदै छन् अब जमिनमुनी यात्रा

सतेज रेग्मी/-
स्पेस एक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सन् २०१६ मा सुरुवात गरेको द बोरिङ कम्पनीले बाटोमुनी धेरै सुरुङकाे सञ्जालबाट गाडीको यात्रा गर्न मिल्ने गरी परीक्षण गरिरहेको छ ।

एलनले बाटोमा गाडीको चाप बढेको र ट्राफिक जामको समस्याले मान्छेको समय बर्बाद भएको हुनाले उक्त प्रविधि ल्याउन लागिएकाे बताएका छन् ।

आकाशमा जस्तो खासै बाधा अड्चन नरहने र जमीनमुनी जति धेरै सुरुङ बनाए पनि हुने भएकाले सुरुङहरु यात्राको दृष्टिकोणले ठीक रहेको उनकाे भनाइ छ ।

के गर्नेछ त द बोरिङ कम्पनीले ?
द बोरिङ कम्पनीले जमिनमुनी धेरै सुरुङका सञ्जालहरू बनाएर एक ठाउँलाई अर्को ठाउँसँग यही सञ्जालमा जोडी बाटोमुनी गाडीबाट यात्रा गर्न मिल्ने सुरुङ्ग बनाउने छ ।

कतै जाममा फसेको खण्डमा लिप्तजस्तो प्रविधिबाट गाडी तल जान्छ र उक्त सञ्जालमा जोडिन्छ । त्यसपछि उक्त सञ्जालबाट एक ठाउँबाट अर्को ठाउँसम्म जान मिल्नेछ ।

अहिलेको लागि गाडी ड्राइभरले नै चलाउनुपर्ने छ भने पछि आफैं चल्ने गाडीहरु (अटोनोमस) करिब दुई सय किलोमिटर प्रति घण्टाभन्दा बढीको गतिमा चल्नेछ ।

अहिलेसम्म उक्त कम्पनीले के के गर्‍यो ?
द बोरिङ कम्पनीले अमेरिकाको लसभेगास र लसएन्जलसमा परीक्षण सुरुङ बनाइसकेको छ र उक्त सुरुङ्गमा टेस्ला कम्पनीको विद्युतीय गाडीबाट परीक्षण पनि गरिरहेको छ । सन् २०१९ मा उक्त कम्पनीले प्राविधिक पत्रकारहरुलाई पनि परीक्षणको प्रगति देखाइएको थियो।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१