close

अब हरेक बैंकको ठेगानामा गुगल प्लस कोड राख्नुपर्ने

टेकपाना टेकपाना

बैशाख १३, २०७८ २१:५३

अब हरेक बैंकको ठेगानामा गुगल प्लस कोड राख्नुपर्ने

काठमाडौं । अब हरेक बैंकले आफ्नो ठेगानमा गुगल प्लस कोड राख्नुपर्ने भएको छ । राष्ट्र बैंकले साेमबार सूचना जारी गर्दै हरेक बैंकलाई आफ्नो ठेगानामा अनिवार्य गुगल प्लस कोड राख्न निर्देशन दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको हुलाक सेवा विभागले हालैमात्र हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगमा ल्याएको छ । त्यसैकाे आधारमा यसअघि गोस्वारा हुलाक कार्यालयले बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड प्रयोग गर्न अनुरोध गरेको थियो ।

कार्यालयले सरकारी स्तरमा हालै आधिकारिक रुपमा कार्यान्वयनमा आएको पहुँचयोग्य ठेगाना लिएर आफ्नो प्रणालीमा आवद्ध गर्न आग्रह गरेको थियो । गोस्वारा हुलाक कार्यालयले यसबारेमा नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै गुगल प्लस कोडसहितको ठेगाना प्रयोगमा सहयोग गर्न आग्रह गरेको थियो ।

उक्त पत्रकै आधारमा राष्ट्र बैंकले मंगलबार अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो ठेगानामा गुगल प्लस कोड समावेश गर्न निर्देशन दिएको हो ।

‘हुलाक कार्यालयमार्फत अनुरोध भई आएबमा्जिम इजाजतपत्र प्राप्त संस्थाहरुले आफ्नो व्यवस्थापन सुभना प्रणाली तथा सेवाग्राहीको ठेगानामा गुगल प्लस कोडसमेत राखी ठेगाना अद्यावधिक गर्न अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१