close

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

टेकपाना टेकपाना

बैशाख १४, २०७८ २१:१९

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने भएको छ । आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।

पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ ।

यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलोमिटरसम्म चल्न सक्छन् । जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।

सूचना – सूचना – सूचना कसैलाई Super-capacitor को क्षेत्रमा अनुसन्धान तथा बिकास गर्ने ईच्छा र निकै राम्रो आईडिया छ भने…

Posted by Mahabir Pun on Tuesday, April 27, 2021

तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ । सुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ ।

तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकिन्छ । १० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरको ब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्दछ ।

अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१